Search This Blog

Friday, January 25, 2013

कविता संग्रह

तृष्णा

सगर (आकाश) भरि सजाउछु भन्थी
बादल भै उडेछु म!
मन भरि राख्छु भन्थी
छाती भरि कडासरि बिझेछु म!
अभागीको कर्मै एस्तो
मन भरि भए पनि उनको, बिरानो भएछु म!!

छताछुल्ल भएछ सपनाहरु
सपना बिहिन भएछु म!
याद भरि सजियेपनी उनको
एकान्तमा पिडा उनको भएछु म!
तस्बिर बनि आँखा भरि बस्ने चाह थियो उनको
तर कसिंगर बनि आँखामा उनको बिझेछु म!!

झस्किएर अनिन्द्रमा उठने
डर लाग्दो सपना उनको भएछु म!
भाग्य उनको बन्ने चाहनामा
दुर्भाग्य उनको भएछु म!
समिप्याताको चाहनामा
झन् झनै उनिदेखी टाडीयेछु म!!

उनको मायाको तृष्णामा
झन् झनै तिर्खालु बटुवा भएछु म!
झन् झनै तिर्खालु बटुवा भएछु म!!

“आँशु”

  --------------------------------------------

  --------------------------------------------

आज पिउंदैगए


देख्यौ तिमीले मलाई आज
फेरीपनि नदेखे झैँ गर्यौ
चसक्क चस्क्यो छाती मेरो
तेही पिडा भुल्न मैले आज पिउंदैगए

म नशामा मान्द थिए
मदिरा अझै पनि गिलासमा थियो
बोत्तल आधि खाली थियो
सायद म आधि अघाएको थिए तेसैले पिउंदैगए

नपिउनु तिमि भन्थ्यौ पहिले
तर आज पिउंदै गए म पिउंदै गए
बेहोसीमा अझै होस् हराउदई गए
तिमीले भनेककुरा भूलाउन  अझै पिउंदैगए

तिमीले दिएका झुठा वाचा भूलाउन पिउंदैगए
नशामा मस्त भएछु अनि भुलेछु मैले
केहिवाचा तिमीलाई मैले दिएको थिए
नपिउने भनि कसम तिमीलाई दिएको थिए
तेही कसम भूलाउन फेरी पनि पिउंदैगए

"आँशु"

--------------------------------------------

--------------------------------------------

निष्ठुरी यो मन
बर्षौ पछिको यो भेटमा आज
पहिलो मिलनको याद आयो
मैले दिएका ति  थोरै कुरा
तिमीले अझै सिउदोमा सजाएकी रहिछौ
तर तिमीले दिएका धेरै माया
मैले सम्भालेर राख्न सकिन
बरु तिम्रा ओठ भरि निराशा दिए
आशाको दीप बलेकी रहिछौ अझै पनि
निस्ठुरी भए म तर तिम्रो माया
बुझ्ने प्रयाश गर्न सकिन
बुझ्ने प्रयाश गर्न सकिन
"आँशु"
---------------------------------
जिन्दगि

खै के भयो यो जिन्दगि
खै किन उराठ लग्दैछ जिन्दगि
कहिले म वाक्क हुन्छु जिन्दगि देखि
कहिले म देखि वाक्क हुन्छ यो मेरो जिन्दगि

काम म ब्यस्त हुँदा म
वाक्क हुन्छ म देखि जिन्दगि
फुर्सदको रमाइलो क्षण मा
वाक्क हुन्छु म जिन्दगि देखि

खल्ती भरि दुलै दुला छन्
रित्तो भएकोछ यो जिन्दगि
कहिले पाइएला तलब भनि
कुरी रहेको छ जिन्दगि

भरिहुन्दा यी खल्तिहरु
प्वाल टार्दै रितिन्छ खल्ती
बढ्दै जान्छ तै पनि प्वालहरु
अनि आफै देखि वाक्क हुन्छ जिन्दगि

सपनाहरु सपनै भएछ
बस्तबिक्तामा नांगीयेछ जिन्दगि
शृंखलाबद्ध हारहरुको सामु
पराजित भै थकित भएछ जिन्दगि

कर्मको यो धरातल मा
युधभुमी भएछ जिन्दगि
लड्दै जाँदैछु म संघर्षमा
तर थकित भै हार स्वीकार्दैछ जिन्दगि

हारेको छैन म कर्मदेखी
तर हार स्वीकार्दैछ जिन्दगि
लड्दैछु म घाइते सिपाही बनि
तर मेरो साथ छोड्दैछ जिन्दगि

म भाग्ने प्रयतनमा छु मिर्त्युदेखी
तर क्रमश मिर्त्यु अंगाल्दैछ जिन्दगि
कायर बनि मिर्त्यु बरण गर्न चाहन्न म
तर संघर्षबाट भाग्दैछ जिन्दगि

तेसैले म वाक्क भएकोछु जिन्दगीदेखि
तर म देखि बस्त्वबमै वाक्क भएकोछ जिन्दगि
"आँशु"
---------------------------------

--------------------------------------------

--------------------------------------------

  तिम्रो याद

सम्झनाहरु बीच तिमीलाई भेट्न चाहन्न
कल्पनाहरु बीच तिमीसंग रमाउन चाहन्न
तेसैले, नजानु तिमि छाडेर मलाई
तिमीबिना यो जीवन म बच्न चाहन्न !!

यसैगरि सधै सधै तिमि
मलाई अंगालो मा बाधी राख्नु
यसैगरि सधै सधै तिमि
मलाई माया गरि राख्नु
तिम्रो माया बिना को जीवन
उजाड उजाड हुने छ
उजाड जीवन अब म  जिउन चाहन्न
"आँशु"

 ----------------------------------

 ----------------------------------


 बेहोशी

चारैतिर् सुभाष छरियेझै लाग्छ 
मौषम पनि बहार भएझै लाग्छ
एक्लै पनि कोईसंग कतै बोलेझै लाग्छ
खै कस्तो रोग लाग्यो मलाई
हिजो आज एक्लै टोलाई रहन्छु म!
हिजो आज एक्लै टोलाई रहन्छु म!!

आफैमा हराएझै लाग्छ
सुन्यतामा कतै बिलायेझई लाग्छ 
कसैको प्रतिक्षामा बसेझै
कसैको बाटो कुरिरहूझैँ लाग्छ
खै के भो मलाई खै के भयो
हिजो आज एक्लै टोलाई रहन्छु म !!!!
"आशु"

--------------------------------------------

--------------------------------------------

  बिशाद्पूर्ण रात

बिशाद्पूर्ण यो आजको रात
ब्यथै व्यथाले भरिएको रात-सपना बिहिन रात
स्पन्धभरि यादले तडपिने रात
निन्दरी म देखि ताडीएको  रात
भुल्न खोज्दा कसैलाई झनै याद आउने रात
आजको रात मेरो जीवनको अन्तिम रात

तडपीरहेछु , कल्पीरहेछु
चिच्याएर सुन्यतामा कतै
आफुलाई भुल्ने प्रयाश गरिरहेछु
तर पनि याद बनि आइरहेछ झझल्को
यो बिशाद्पुर्ना रात, यो अँधेरी रात
मेरो अन्तिम रात आजको रात अन्तिम रात

कसैले बिश्वाशले दिएको चोट सहेको रात
कसैले मायामा गरेको घातको रात
धोखई धोखाको जीवनदेखि
मुक्ति पाउने सरल बाटो
देखाएको मौका अपनाउने रात
अर्थात् मेरो जीवन न झुल्किने रविको अघिल्लो रात
मेरो अबिश्बश्निय रात अरुले सम्झी रहने रात
मेरो अन्तिम रात, आजको रात अन्तिम रात 


--------------------------------------------

--------------------------------------------


"तिम्रो चाहना नबुझ्दा"


तिम्रा चाहनाहरु बुझ्न सकिन मैले
आफ्ना भाबनाहरुमा तिमीलाई सजाउने कोशिस गरे !
सपनाहरु संग डराउथियौ  तिमि
तर तिमीलाई मैले नया सपना देखाउने कोशिस गरे !!

भुल तिम्रो थिएन कदापी
तिमि सदैब सत्यमानै अडेकी थियौ !
मैलेनै नया संसारको काल्पनिक शृजना गरे
जहाँ तिमि मेरो निम्ति निष्ठुरी भन्यौ !!

सोच यो मेरो छुब्द थियो
तिमीलाई मैले बुझ्न सकिन !
अर्थहीन कल्पनाहरुमापनि
तिमीलाई सम्मानदिन सकिन !!

ऐनाको प्रतिबिम्बित अनुहारभरी
दागै-दाग देख्दैछु अब आफुमा !
डरै-डर छ यो मेरो मनभरी
लज्जित भै लाजको पर्दा लाउदैछु म आफुमा !!

घृणाको संसारै बनायेछु मैले
जहाँ अरुलाई सजाउने गल्ति गरे !
आफ्नो पुरुषार्थ देखाउने कोशिसमा
फेरिपनि गल्ति गर्दै गरे !!

आज एक्लो भएकोछु सबै देखि
दुब्दैछु म आफै पश्चातापको पिडामा !
लज्जित भएछु म घृणाको पत्र भएछु
अनि भुल्दैछु आफैलाई नशाको माद मा !!
 “आँशु ”

  --------------------------------------------

  --------------------------------------------