Search This Blog

Saturday, August 29, 2015

बुद्ध

शान्तिको रंग फैलाउने
माहान व्यक्ति बुद्ध तिमि
पिपल बोट शुद्ध पारि
कहाँ गयौ तिमि

शान्तिको आवाज सुनेनौ फेरी
तिमि टाढा भए पछि
पिपलको बोट उदास भए
तिमीले छोडेर गए पछि

आऊ आऊ फेरी बुद्ध
शान्तिको रंग ल्याउ
उदास भएको पिपलबोटलाई
फेरी हसिलो बनाउ

तिम्रो आवाज सुनेपछि
शान्ति फेरी आई हाल्छ
तिमीले पाइला टेकेपछि
पिपलबोटमा फेरी जिबन्त छाउने छ 

मेरो देश प्यारो लाग्छ

प्रकृतिले श्रिङ्गारेको सुन्दर सिर्जना हो नेपाल
हिमाल, पहाड र तराईले बनेको मेरो देश हो नेपाल
गुराँस फुल्ने, मयुर नाच्ने यो फाँट हो नेपाल
लहलहाउने धानको बालि उब्जाउने गर्भ हो नेपाल
सबै भन्दा ठुलो मेरो मातृभूमि हो नेपाल
तेसैले मलाई मेरो देश प्यारो लाग्छ
मलाई मेरो नेपाल प्यारो लाग्छ

म ट्वाल्ल परेर हेरिरहे



अन्धाधुन्द गोलि चल्दै थियो, हत्तासियेर भागाभाग थियो
अचानक चिच्याएर उ, मेरो सामु ढल्दा
म ट्वाल्ल परेर हेरिरहे, म ट्वाल्ल परेर हेरिरहे

उ मेरो साथि थियो, संगै हुर्केको साथि
संग संगै घुम्थियौ हामि, मेल पात गर्थियौ हामि
आज अचानक क्षत-विक्षत लाश हेर्दा उसको
म ट्वाल्ल परेर हेरिरहे, म ट्वाल्ल परेर हेरिरहे

न जंगलको क्रान्तिले उसलाई छोएको थियो
न शहरमा हैकमको जागिर थियो
दुइ छाक जोड्न भारि बोकी हिड्थे उनि
हिमाल झैँ बिशाल हृदय थियो उनको
कोशी झैँ स्वच्छ थियो उनको आत्मा
आज कसैले उनलाई जंगको शहिद भन्दै श्रदान्जली अर्पण गरिंदै छ
शहरमा त झन्, वीर नेपाली भन्दै सुनौलो अक्षरमा नाम लेख्नु पर्छ भनिंदै छ

तर उनको अनर्थ बाल-बालिकाको बारेमा
न त कसैले कसैले बोलेको छ, न त कसैले गरेको छ
दुखिको आत्मा मारेर पनि दुखिनै भएको देख्दा
म ट्वाल्ल परेर हेरिरहे, म ट्वाल्ल परेर हेरिरहे

Thursday, July 23, 2015

सपना हजार

सपना हजार भए एक हुन्छ पुरा
आँखा चिम्ली हेर्नु सधै राम्रो राम्रो कुरा

मेरो देश भन्नु माया गर्नु
जन्मदिने आमा सरह यसलाई ठान्नु
जन्मदिने आमा भन्दा ठुलो हुन्छ मातृभूमि
तेसैले सधै तिमि देशको सेवामा समर्पित रहनु

हिंशाको हैन शान्तिको कामना गर्नु
हथियारले हैन कलम ले लड्नु
रगतको खोला नाबगाउनु तिमि
बरु प्रेमले देशको तृष्णा मेट्नु

बुद्धको देश हो हाम्रो नेपाल
शान्तिको संदेश तिमिपनी पनि दिनु
भृकुटीको जन्मभूमि हो नेपाल
प्रेमको सधै उपहार तिमि दिनु

लाखौ तारा आकाशमा भए पनि
हेर्नु सधै तिमि ध्रुब तारा
मन तिम्रो बहकिए पनि
सोच्नु तिमि राम्रो राम्रो कुरा

सपना हजार भए एक  हुन्छ पुरा
आँखा चिम्ली हेर्नु सधै राम्रो राम्रो कुरा

"आँशु"

Wednesday, July 15, 2015

मदहोस !

मदहोस !

मन्द मुस्कानसंगै तिम्रो गाजलु आँखा देखे
लालिले सजिएको तिम्रो गुलाबी ओठ देखे
मदहोस हुनु थियो नसामा तिमीलाई देखे पछि
नभई मदहोस म तिमीमा हराएछु तर
सपनीमा फेरी पनि तिमीलाई संग-संगै देखे

यो झरीले रुझेर निथ्रुक्कै भएछु
पानिपरेको होस् रहेन
तिम्रो कल्पनामा हराएछु बेसरी
नभई होसमा म तिमीमै बिलायेछु
 येसरी बिलायेछु कि सावन लागेको याद रहेन

"आँशु"

तिम्रो पुनरागमन

बिर्सेछु तिमीलाई, सायद ढिलो भयो तिम्रो पुनरागमन
बिर्सेछु तिमीलाई, सायद तेतिन्जेलमै परिबर्तन भएछ मेरो मन
सायद तिम्रो हृदय छिया छिया होला थाहा पाउँदा मेरो बारेमा
अरुको भयो मेरो यो मन तिम्रो भनि अरुले सुनाउंदा

अब तिमीलाई मैले शुभ-कामना कसरि दिनु
दुखको भेलमा पौडी खेल्दैछु मै आफै
मैले पाए मेरो कर्मको फल तिमीलाई के भन्नु?
आफ्नो त भाग्य नै खोटो अरुलाई के भन्नु?

सन्चै भन्ने हो भने, ढिला भयो तिम्रो पुनरागमन
सन्चै भन्ने हो भने, हृदय देखिनै भुलेछु तिमीलाई
सन्चै भन्ने हो भने, ढिला भयो तिम्रो पुनरागमन
सन्चै भन्ने हो भने, सायद परिबर्तन भयेछ यो मेरो मन

"आशु"

Monday, July 13, 2015

तिम्रो सम्झना

तिम्रो सम्झना अनि तिम्रो सम्झनाहरुलाई संगालेका ति पल .........
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
जब सम्झिन्छु  अतित का ति पल तिमि संग बितेका ति पल  .........
तिमि संगै बितेका ति पल

 तिम्रो मुहारको त्यो प्रस्ट चमक
अनि चम्कि  रहेको तिम्रो हसिलो ओठ........
कतै कुटिल मुद्रामा हासेको पो थियौ कि?
तिमि मेरै बारेमा सोची रहेकी थियौ कि ?
सायद तिमि मेरै बारेमा सोची रहेकी थियौ.....
 
तेसैले त अजब अनि गजब भएको थियो
तिमीले मसंग लगाएको त्यो प्रेम
सायद कुटिल नै थियो तिम्रो बाचा
"मै मरी जान्छु तिमि न भए"
भनिखाएको त्यो प्रेमको कसम .........

 तर अझै साचेको छु मैले स्मृतिका ति पानाहरु
जहाँ तिमीले लेखेकी थियौ मायाको संगालो
अनि आफ्नो आत्मीयताको कथा
त्यो प्रेम-पत्र जसको अक्षर अक्षर मा
गुण-गाण गरेकी थियौ तिमीले मेरो बारेमा

ति सबै पलहरु संगालेर  राखेको रहिछु मैले
पागल झैँ तिमीलाई माया गरेको रहिछु मैले
तिम्रो कुटिल मुस्कान मा अल्झेर.....
सायद तेसैले............
तिम्रो सम्झना अनि तिम्रो सम्झनाहरुलाई संगालेका ति पल
सम्झिंदा............
ढुक ढुक गरि धड्किन्छ यो मन मेरो मुटु
अझै पनि........ अझै पनि.............तर............ प्रतिक्षा हो कि डर............. मैले बुझ्न सकिन............


"आशु"

Saturday, July 11, 2015

एउटा प्रेम पत्र !

एउटा प्रेम पत्र !


 म प्रेमको सान्घरिक बन्धनमा बाँधिन पुगे! अब केवल आलस्यताको महशुश हुन्छ एकान्तमा केहि खोजेको भान हुन्छ नयनमा, मेरो सोचाईहरुमा केहि नपुग महशुश हुन्छ! अब पलपलको प्रतिक्षामा कसैको आवागमनको आभाष हुन्छ! जमिन छोड्न खोजेका पैतालाहरुलाई सम्झनाको हुरीले लत्याएर पुन: अडिक बनाउन तल्लिन छ! मानसपटलमा थुनिएका विचारहरूमा नयाँ उमंग जागरुक भएको अनुभव हुन्छ! हिउँदको तुषारोमा पनि नयाँ पलुवाको आवागमन भएर कोइलीको मधुर धुनमा मुग्ध भएर सांसारिक झमेलाबाट मुक्त हुन खोजेको हो त? बादलुको घुम्टोमा हराएको चरी गोधुली साँझमा फर्केर आफ्नो वास स्थानमा औनुपानी बचेरहरु प्रतिको प्रेम नै हो त? सायद येही होला प्रेम! सहि अर्थमा प्रेमको स्पष्टिकरण दिन खोजिएको जटिल अन्तर्निहित प्रश्न भित्र लुकेको कौतुहलताको सहि अर्थ नै त हो प्रेम! हृदयको असिम पीडाले मर्माहित भएको बेला कोमल स्पर्शको आनन्दनै त हो प्रेम! एक तमासले टन्टलापुर घाममा हिडिरहेको बटुवाको निम्ति बाटो छेउको कुवा प्रतिको प्रेम, स्थिर पोखरीको निर्मल पानीमा देखिएको स्पस्ट हिमालको दृश्य प्रतिको प्रेम! सहजै व्यक्त गर्न म असमर्थ छु! तर मलाई थाहा छ, म पनि कसैको प्रेमी हुँ! सहि अर्थमा नपुगेपनि निरन्तरता भने जारीनै छ!                      

                    जीवनका ति अतितका पानाहरु च्यातेर म नयाँ जीवनको खोजीमा हिंडे! अब मलाई ति हिजोको अतित सम्झने पटक्कै रहर छैन! ति अनयासै घटेका घटनाहरुको पुन: स्मरण गर्नु म उचित ठान्दिन र ति दिनहरुलाई कल्पेर अब आउने जीवनलाई दु:खको भुमरीम म पर्न चाहन्न! यो मेरो अन्तिम निर्णय हो! सायद तिमीले पनि येही चाहयौ होला मैले सोचे! अब म कहिल्यै नफर्कने गरि हिंडे! त्यो ठाऊँबाट सम्झना स्वरूप कुनै बस्तु पनि छैन म सँग, मैले राख्न नचाहेर पनि हो! येही हो मेरो अन्तिम निर्णय!

                   म चाहन्न ति अतितका दिनहरुलाई सम्झना गर्न, या भनौ म त्यो घाउलाई पुन: कोट्याएर फर्काउन चाहन्न जुन घु समय संगै केहि भरिएकोछ!  म आफुलाई अस्वस्थ्मा राख्न पनि चाहन्न किनकी अब मेरो स्वस्थताको कामना गर्ने कोहि छैन! अब म असफल पनि हुन् चाहन्न किनकी सफलताको शुभकामना गर्ने कोहि छैनन्! म अब एक्लो उराठ लाग्दो बगर भएकोछु! मध्यान्हमा केवल यहाँ सुख्खा धुलोहरु मात्र उड्ने गर्छन्! वर्षा याममा पानिमा बगेर कहाँ कहाँ देखि माछाहरु नयाँ नयाँ ठाऊँहरु घुम्ने सपना बोकेर यहाँ आए तर अब उनीहरुको छटपटाहाटको आभाष मात्र हुन्छा यहाँ! कस्तो भएछ जीवन व्यर्थै प्रेमको सगर म डुबेझैँ आभाष हुन्छ मनमा!

                  चारै तिर सगर भएपनि तिर्खाएको यात्री भएछु म, वालुवै वालुवाको रेगिस्तानमा मिरज्ले उत्पन्न गरेको पानि पछाडी हिड्ने बटुवा भएछु म! सायद येही प्रेमको अन्त्यहुदोहो भने इतिहासका प्रेम कथाहरु काल्पनिक नै हुन् तँ? ताजमहल निर्माण गर्ने "शाहजहा" कथाका पत्र मात्र हुन् तँ? रोमका सैनिक भ्यालीयनटाइन साछी प्रेमकै कारणले मृत्यु अंगाल्न पुगेका हुन् तँ? यदि यी सब सत्य हुन् भने मेरो प्रेम के हो? केवल खेल हो? या कसैको स्वार्थ हो? या मुना मदनको कथा झैँ काल्पनिक कथा हो? जे होस् जीवन मेरो उराठलाग्दो बगर छेउ को माझी सरह भएको सत्य नै हो! यो मेरो जीवन थोपाबाट हराएको पनि भएको सत्य नै हो! तर केहि छैन अझ बाँचन सक्छु! म मा अत्मबिश्वाश जाँगेको छ! सायद मृत्युको कोखमा पुग्दा बाँच्ने चाहना बढे झैँ होला धोखाको यो संसारमा अझ धोखा खान यो मन तल्लिन छ! सायद एक पटक रक्सीको स्वाद चाखेर पुन: फेरी-फेरी रक्सि पिउने बानि बसाल्ने जडयाँहा झैँ भएको छ यो मन! दोखाको मिठो नशाबाट टाढा हुन सकिरहेको छैन! न त तिम्रो याद नै भुल्ने स: प्रयास गरेको छ यो मनले! के गर्ने न त जीवन सोचे झैँ बिताउन सकिन्छ न त मृत्यु चाहेको बेला अंगाल्न सकिन्छ!

                   तिमिसँग टाढा हुने म मा कुनै चाहना थिएन त्यो त केवल बाध्यता थियो! अरु भन्दा पनि तिमि भन्दा टाढा हुन तिम्रो नै कर थियो! तर मेरो आत्मबिश्वाशलाई तिमीले केवल तिमीले तोड्यौ! खैर गुनासो गर्ने मेरो इच्छा हैन केवल स्वार्थलाई तिमि सामु नंग्याउन चाहन्छु! तिम्रो स्वार्थीपना छर्लनग्याउन चाहन्छु! म झैँ अरुपनि तिम्रो स्वर्थिपनको शिकार होस् मँ चाहन्न तर तिमि बाहेक तिम्रो दोष अरुलाई देखाउन चाहन्न!

                   सायद मँ गरिब छु! त्यसैले मँ मा तिम्रा इच्छा र चाहना पुरा गर्ने सामर्थ्य थिएन! तर मैले तिमीलाई जुन चिज दिएको छु सायद अरुबाट तिमीले त्यो कहिल्यै पाऊँन सक्दिनौ! अबश्य यो आँखाले धोखा दिन्छ तर आँखाको "आँशु" पबित्र गंगा झै चोखो र निश्चल छ! सायद यी अमुल्य आँशुलाई तिमीले त्यति बुझ्न सकिनौ! सायद दोष तिम्रो हैन तिमि तँ न्यानो कोखमा जन्मेर मखमली ओछ्यानमा हुर्केकी तिमीले कसरि बुझ्न सक्छौ भुइमा ओछ्याउने गुन्द्रिको मूल्य! आमा बाबाको पुल्पुल्याइमा हुर्केकी तिमीलाई के थाहा आँशुको मोल! मैले तिमीलाई चिन्न नँसक्नु मेरो भुल भयो यसको पश्चाताप मैले गर्ने छैन! किनकी अब फेरी पुरानो घाऊ कोट्याएर आलो बनाई यो मन दुखाएर म बस्न चाहन्न! गल्ति भयो भनि स्विकार्नु मेरो अभिमान हो! किनकि मलाई गर्ब छ! मैले कसैलाई लत्याइन वा भनौ मैले कसैलाई धोखा दिइन!

                      सायद अब म एक्लो जीवनको रथ गुडयाउन  सक्छु, किनकि तिमि जस्ता स्वार्थी पांग्रा बिहिनको रथ गुडयाउन जति सजिलो छ त्यति सजिलो स्वार्थी पांग्राको रथ गुडयाउनु हुदैन!

                       संसार बहुत सानो छ! जब येत्रो संसारमा मानिस हराउदैन भने जाबो यो सानो ठाऊँमा हामि कहिल्ये सम्म टाढा हुन्छौ! एकदिन जब तिमि मेरो सामु हुन्छौ तिम्रो शिर रित्तो हेर्न न परोस! हातमा भरि चुरा र गलामा मंगलसुत्र साजीएको  हेर्न पाउँ येही मेरो तिमीलाई चोखो मनले शुभकामना छ!


"आँशु"

माया मोह

dfof df]x .

clnslt ltld d':s'/fo]sL lyof}
kms]{/ dnfO{ x]b}{
dVv k/] d} klg
clg ltd|f] kl5 kf] nfu]5' ===== ltd|f] dfof kfpg] cfzdf ..

e|d} kf] /x]5 Tof] d':sfgdf klg
d}n] a'‰g ;lsg
ljZjf; ltdL k|lt a8fpGb} nu]
cflv/ ltd|f] kl5 nfu]sf] lyP ===== ltd|f] dfof kfpg] cfzdf ..

lhGbuL l/ltGb} uof]
vNtL l/ltGb} uof]
ltld 6fl9Gb} uof}
km]/Lklg ltd|f] kl5 nflug} /x] ===== ltd|f] dfof kfpg] cfzdf ..

Nasha


जब देख्छु तिमीलाई



जब देख्छु तिमीलाई
तिम्रो मुस्कानले भरिएको मुहारलाई
तिम्रो नयनको त्यो गाजल
अनि गाजलले सजिएको मृगनयनलाई
तिम्रो गुलाबी ओठको त्यो लाली
अनि लालिले सिंगारीएको गुलाबी ओठ
मखै पर्छु सधै ...
जब देख्छु तिमीलाई ....

मुहारलाई छेक्न खोज्दै गरेको तिम्रो कपाल
त्यो रेशमी कपालले सजिएको तिम्रो मुहार
मुहारमा सजिएको त्यो मृगनयन
अनि लालिले सजिएको ओठ ...
फेरी पनि देख्छु जब तिमीलाई
तिम्रो मुस्कानले भरिएको मुहारलाई ..
मखै पर्छु सधै
जब देख्छु तिमीलाई

Monday, March 2, 2015

नयाँ वर्ष !!


नयाँ वर्ष !!
नयाँ वर्ष को यो पहिलोदिन एक्कासी तिमीलाई भेटे अनि तिमीसंग बिताएका ति पलहरु सम्झे! अनि सरसर्ती सम्झे तिमीलाई ! फेरी स्मृतिका पानाहरुमा तिमि ताजा भयौ! हुनत भुलेकोनै कहिले थिए तिमीलाई? तर पनि सम्झना र बिर्सनाको कुरो हुँदो रहिछ! तेही भएर मैले सम्झनाको कुरा गरे!

खासमा भन्ने हो भने मैले तिमीलाई जसरि आज भेटे तेस्पछि म भित्र को छटपट्टिलाई घुम्साएर राख्न सकिन! तेही गुम्सिएका भावनाहरुलाई यो पत्र मार्फत पोख्न खोजेको हु! अन्यथा सम्झिने छैनौ भन्ने मलाई बिस्वाश छ!

हुनत अझै पनि बिस्वाश को कुरा गर्दै छु त्यो पनि तिमिसंग, जसले मेरो बिस्वाश को वास्ता गरेन, जसले प्रेमको वास्ता गरेन, जसले........ खैर प्रेम भनेको येही रहिछ तेही भएर पनि घरि घरि गहिरो चोट दिने प्रति पनि बिस्वाश जागिराख्दो रहिछ तेही भएर होला मैले पनि तिमि प्रति फेरी फेरी बिस्वाश गरे अनि यो पत्र कोर्ने सहस गरे!

अब के भनुम पहिलो कुरा त सम्बोधन पनि गर्न सकिन मैले तिमीलाई, अरुको श्रीमतीलाई सम्बोधन गर्ने धेरै साइनो हुन्छन तर कुनै पनि सम्बोधनले पनि म तिमीलाई बोलाउन सक्दिन! तेही भएर बिना सम्बोधन यो पत्र को सुरुवात गरेको छु!

खैर छोड ति कुरा, खासमा मैले तिमीलाई किन पत्र लेखे त्यो चाही भन्नु उपयुक्त होला, म भित्र घुम्सियेका केहि कुराहरु थिए ति कुरा तिमिसंग साट्न मन लगेर नै यो पत्र कोरेको मैले

तिमि अझै राम्री भैछौ, पहिले भन्दा राम्री भैछौ, मोटाएकी पनि रहिछौ! तेही भएर हिजो जब मैले तिमीलाई देखे, हेरी रहुझैँ  लग्यो! एकैछिन सबैबाट लुकेर तिमीलाई हेरे पनि! तिम्रो ओठको मुस्कान, तिम्रो त्यो हास्ने बानि, साथिहरुसंग जिस्किंदा मस्किने बानि, मस्त बह्येर मा तिमीलाई हेरीरहे! सायद म एक्लै भएको भए अझ कति समयसम्म हेर्थे होला थाहा छैन तर मसंगैको छोरीले जब घच-घचाइन अनि मात्रै म होस्मा आए! अर्थात् म एकैछिन भएपनि फेरी तिमि प्रति मायाको सागरमा डुबुल्की लाउन पुगे! ति पुरानो दिन सम्झिन पुगे! तिमिसंग बितेका पलहरुमा हराउन पुगे! एकछिन त मैले भुले पनि तिमीले मेरो प्रेमलाई एउटा दोबाटोमा लगेर छाड्यौ भनेर, मलाई जब तिम्रो प्रेमको आबश्यकता थियो तेही बेला तिमीले मेरो साथ् छाड्यौ, जब मा भौतारिन्दै थिए यो स्वार्थी संसारमा तेही समयमा तिमीले पनि स्वार्थी भै मेरो साथ् छाड्यौ, मलाई आबस्यकता थियो जब तिम्रो सुबेक्छाको तेही बेला तिमीले आफ्नो इक्छा बदलीयौ ..... सबै भुले मैले, मैले सम्झे केवल तिमि मेरो पहिलो प्रेम हौ भनेर... तर भुले तिमि मेरो पहिलो प्रेम थियौ भनेर...मलाई बिस्वाश घात गर्ने पहिलो व्यक्ति पनि हौ भनेर.... हुनत तिमि मेरो पहिलो प्रेम नै हौ... पहिलो नै रहन्छौ, तेही भएर तिमीलाई भुल्न गार्हो नै हुँदो रहिछ.... तेही भएर सम्झी रहे... अनि भुले तिमीले दिएका बेथाहरु पीडाहरु... म सम्झिन पनि चाहना थिए तिमीलाई तर आज तिम्रै बारेमा सपना हेर्दै थिए.. माया सम्झिन्दै थिए... तर... क्षनिक भर को त्यो क्षन पछि म होस् मा आए अनि ... फेरी तिमीलाई हेरे तिमि अझै हासी रहेकी थियौ.. आफ्नो साथि आफ्नो परिवारहरुसंग रमाई रहेकी थियौ... खुसीको त्यो माहोल थियो...त्यो माहोल बदल्न चाहन्न थिए म तेही भएर तिमीलाई टाडइबाट हेरे तिम्रो समिप आइन.. तिम्रो खुसि हेरे अनि तिमीले दिएका पिडा भुले.. तिम्रो ओठम़ा सधै येसरी नै हासो रहिरहोस भन्ने मन-मनै कामना गरे.. अनि आफ्नो छोरी बोकेर म चुप छाप आफ्नो गन्तब्य तिर लागे....
मन मनै तिमीलाई "नयाँ वर्षा को शुभकामना " दिंदै म लागे........................



"आशु"


Sunday, March 1, 2015

स्वार्थी मन


स्वार्थी मन

झट्ट हेरे शारदाझैँ लग्यो तर मलाई बिश्वाश भएन ! शारदालाई मैले न देखेको पनि झन्डै ८ वर्ष भै सक्या थियो तेही भएर पनि झट्ट चिन्न गार्हो भयो! राम्ररी नियालेर हेरे हो उनि शारदा नै थिइन! वर्षौ पछी आज मैले उनलाई देखे ! अझै पनि तेही सुन्दरता, तेस्तै चमक उनको मुहारमा देख्दा खुसि लग्यो! उनको र मेरो भेट क्याम्पस पढ्ने बेला मा भएको थियो! उनि र म एकै क्लासमा भएकोले सामान्यता हेराहेर भै रख्थियो तर बोलचाल चाही क्लास सुरु भएको २-३ महिनापछि मात्रै भएको थियो! मलाई अझै पनि सम्झना छ त्यो दिन ! त्यो दिन क्याम्पसमा खेलकुद कार्यक्रम थियो र म पनि क्रिकेट टिम मा सेलेक्सन भएको थियो! एउटै  व्याच र एउटै क्लास भएकोले उनि हाम्रो सप्पोटमा चियारअप गर्दै थिईन ! खेल हामीले राम्रो नतिजा ले जित्यौ ! मैले राम्रो खेलेको थिए सायद तेही भएर उनि मलाई बधाई दिन आइन र हाम्रो बोलचाल भयो! तेस्पछीका दिनहरुमा उनको र मेरो मित्रता झंगीन्दै गयो र हामि असल मित्र भयौ ! ३ वर्षीय क्याम्पस जीवन सकिन लागेको थियो हाम्रो अन्तिम परिक्ष्याको रुटिन आइसक्या थियो तेही भएर हामि तल्लिन भएर परीक्षाको  तैयारी गर्दै थियौ ! त्यो दिन क्याम्पसको अन्तिम दिन थियो म क्याम्पसगेट बाट जसै निस्के मेरो अघाडी शारदा आएर उभिन! मैले शारदालाई देख्ने बितिक्कै मुस्काएर उसलाई स्वागत गरे उनि पनि जवाफ मा मुस्कुराउन्दै मलाई हेरी राखिन! उनले एकटक मलाई हेरेको देखेर मैलेनै शिर निहुराए, प्रति उत्तरमा शारदाले मेरो हात समात्दै मलाई गेटको छेउ तिर तानिन ! शारदाले मलाई तानेर त छेउतिर लगिन तर केहि पनि बोलिनन ! त्यो मौनतालाई चिर्दै मैले नै सोधे, :- शारदा के भयो? किन मलाई रोकेको?
शारदा:- मलाई तिमिसंग एउटा कुरा गर्नु थियो तेही भएर
म:- ओह!! अनि भन् के काम थियो? केहि अप्ठेरो पर्यो ?
शारदा: येही बसेर कुरा गर्ने कि कतै बसेर? कतै बसेर कुरा गर्दै हुँदैन? तिमीलाई हत्तार छैन भने  एकछिन क्याफे जाउ, Coffee खाउ अनि तेही कुरा गरम्ला है?
म:- हम्म! काम त छैन तर परीक्षाको तैयारी गर्नु पर्दैन?
शारदा: लेह! अनि मैले तिमीलाई दिनभरी म संग बस्न भनेको हो त? एकछिन कुरा गरौला अनि घर जाउला भनेको नि!
म:- हेहेहेहे हस्स जाउ तेसो भए!
म अनि शारदा संगै छेउकै क्याफे तिर लगायौ!

क्याम्पस भन्दा अलि अघाडी निस्केर सडक छेउकै क्याफेमा छिर्यौ! छेउकै टेबल खाली रहिछ तेही बस्यौ! अनि शारदा ले मेरो लागि Black coffee  अनि आफ्नो लागि MIlk Coffee मगाईन! हामि क्याम्पस मा संग-संगै बस्ने खाने गर्ने हुँदा उसलाई राम्री थाहा थियो म Black  Coffee मात्रै लिन्छु भनेर तेही भएर मेरो लागि उसले Black coffee मगाएको थियो!

शारदा मौन भईन! मौनता तोड्दै मैलेनै कुरा अघि बढाए, सोधे,
म: शारदा तिमि के कुरा गर्न चहन्थियौ मसंग ?
शारदा: (आफुलाई अलि सम्हाल्ने कोशिश गर्दै) आकाश, अब हाम्रो जाच सकिए पछि तिमि गाऊ फिर्ता जाने कि येतै बसेर केहि गर्ने विचार गरेकाछौ?
म: हुम्म्म सोचीसकेको छैन मैले! तर म गाऊ फिर्ता जानु पर्छ! किन भने घर परिवार पनि हेर्नु पर्छ मैले! धेरैले मबाट धेरै आशा राखेका छन् त्यो सबै मैले पुरा गर्नु पर्छ तेही भएर पनि घर फिर्ता जानु पर्छ! तर तिमि यो सब किन सोधी रहेकीछौ?
शारदा: तिमि येतै बस्ने हो भने तिम्रो जागिरको लागि म बुवा संग कुरा गर्दीम भनेर सोधेको नि
म: ओह! धन्यवाद! धन्यवाद!! मेरो येति धेरै ख्याल राखिदिएको मा ! अ सच्चि तिमि अघाडी पढ्न ऑस्ट्रेलिया जाने भन्ने सुनेको थिए साछी हो?
शारदा: Coffeeको चुस्की  लिन्दै........ अह हो! बाबाले ऑस्ट्रेलिया जानु पर्छ भन्नु भएकोछ! तर अहिले नै सबै निर्णय भै सकेको छैन!
म: शारदा एउटा कुरा भनुम? मलाई किन एस्तो लाग्दैछ कि तिमि मसंग अरु नै केहि कुरा गर्न चाहन्छु तर कुरा लुकाई राखेकी छौ?
शारदा: तेस्तो केहि नि हैन!
म: तर अघि त तिमि एकदमै आतिएर मलाई भन्दै थियौ केहि कुरा गर्नु छ? तर अहिले खै तेस्तो केहि कुरा नै गरिराखेकी छैनौ तिमि? शारदा, मलाई किन एस्तो लाग्दैछ मानौ तिमि मसंग केहि कुरा लुकौन्दै छौ? तेस्तो केहि छ भने कृपया मलाई भने हुन्छ.. गार्हो नमनि  भने हुन्छ !
शारदा: तेस्तो केहि पनि हैन !
म: सायद तिमि हामी दुइको सम्बन्ध बारे कुरा गर्न खोजे जस्तो लाग्दै छ मलाई? हो भने शारदा एउटा कुरा म तिमीलाई स्पस्ट भन्न चाहन्छु......... मेरो बारेमा नसोचे हुन्छ!
शारदा: (आश्चर्य पर्दै) किन?
म: धेरै कुरा मैले तिमीलाई भनेको छु.. सत्य अनि तथ्य कुराहरु सके सम्म मैले तिमिसंग केहि कुरा लुकाउन खोजिन ...... किन भने तिमि मेरो मिल्ने साथि हौ.. अझ भन्नु पर्दा तिमीलाई म साथीहरु भन्दा पनि माथि राख्न चाहन्छु तर........ हामी बीच को सम्बन्धलाई अझै बिकसित गर्ने बारेमा चाही न म सोच्न सक्छु न त तिमीलाई सोच्न भन्छु.. सोचेकै छौ भने पनि कृपया आज अनि अहिले बाट नै तेस्तो सोच्न छाडीदेउ!
शारदा: तर किन?

म: अहिले जाच छ तेस्को तैयारी गरम... जाच सकेपछि कुरा गरमला हुन्न?
शारदा: हेर आकाश कृपया मलाई भनिदेउ तिमीले के भन्न खोजेको मैले स्पस्ट बुझिन?
म: अरे यार भन्दै छु ............ पहिले जाच को तैयारी गरम... तेस्पछि कुरा गरौला ........ तैत तिमिपनि... पढ्नु लेख्नु छैन... जाच टाउको म छ तिमि चाही पढ्न छाडेर... भोलि फेल भैयो भने त जीवन बर्बाद भएन?? तिम्रो त बाबा ले तिमीलाई ऑस्ट्रेलिया पनि पठाउनु हनन फेरी हेहेहेहे
शारदा: हम्म हुन्छा तर मलाई बाचा गर जाच सकेको दिन तिमि मसंग मेरो घर जान्छु बाबालाई भेट्न!
म: हुस हजुर को जो आज्ञा!

तेस्पछि हामि छुटियौ!

जाच सुरु नहुन्जेल सम्म तैयारी गर्नैको लागि भनेर म घरबाट कतै निस्किन अनि सायद शारदा पनि  कतै निस्किन तेही भएर हाम्रो भेट भएन!

जाच सुरु भए पछि चाही हाम्रो भेट भयो तर हामि बीच धेरै कुरा हुन्थियेना! जाच कस्तो भयो अनि कस्तो तैयारी हुँदैछ भन्नु बाहेक धेरै कुरा हुन्थियेन! शारदाको त थाहा भएन तर म चाही उनि बाट तर्केर होला अलि टाडई हुन खोज्दै थिए! त्यो मेरो आफ्नै गल्ति थियो! घरि-घरि मैले न सोचेको हैन, तर शारदाको मनको कुरा बुझे पनि न बुझे पनि मैले आफ्नो बारेमा एउटा कुरा चाही उसंग लुकाएको थिए! सपना !! हो मैले सपनाको बारेमा शारदालाई केहि भनेको थिइन! शारदालाई सपनाको बारेमा न भन्नु नै मेरो सबै भन्दा ठुलो गल्ति थियो भन्ने कुरा को महसुस मैले गर्दै थिए तर... सायद ढिला पो भैसकेको थियो!
सपना र म एकै गाउका थियौ अनि हामी संगै पढेर ठुलो भएका थियौ ! मैले गाऊबाट प्रविणता प्रमाण तह पास गरे पछि घरबाट अझै धेरै पढ्नु पर्छ भनेर गाऊ छाडी काठमाडौँ शहर आउने मौका पाए तर सपनाले आफ्नो अघाडी को पढाई छाड्नु पर्यो! सपनाको र मेरो बारेमा गाऊ मा सबैलाई थाहा थियो! मेरो पढाई सकेपछि हामी दुबैको बिहे गरिदिने भनेर घरमा सल्लाह पनि भै सकेको थियो! तर स्वार्थी भएरपो हो कि शारदा ताडिन्छ कि भन्ने डरले हो मैले शारदालाई कहिले पनि सपनाको बारेमा भन्ने साहस गरिन! तर अब सत्यकुरा भन्नु पर्ने बेला भएको थियो तर भन्ने साहस थिएन म भित्र! तेही भएर जाच सकिने बितिकै शारदालाई नभेटि मा सुटुक्क गाऊ तिर हिडेको थिए! तेस्पछि मैले गाऊ गएर सपनासंग घरजम गरे अनि आफ्नो जीवन उतै बिताउन थाले!

बीचमा काठमाडौँ आइरख्थे तर कसै संग पनि नभेटि मा सुटुक्क गाऊ फर्किन्थे! शारदाको बारेमा पत्ता लगाउने मेरो साहस नै भएन! मैले ब्यर्थै शारदालाई सपना देखाएको थिए तर उसको सपना किन पुरा हुन सक्दैन भन्ने कुरा पनि मैले उसलाई स्पस्ट पार्न जरुरि नसम्झी गाऊ हिडेको थिए, उसलाई एक्लै छाडेर हिडेको थिए ! तेही भएर आज मा शारदाको अघाडी जान पनि तर्किन्दै छु!

सायद, तेही भएर पनि होला शारदाले पनि मलाई हेरेर पनि नचिनेझई गरेकी पो हुन् कि भन्ने संखा लाग्दै थियो!

म मनभरी येस्तै कुरा खेलाउन्दै  newroad हुँदै बसन्तपुर तिर लागे! आज मेरो मन एकदमै छट-पट्टी रहेको थियो! शारदालाई देखे देखि मनभित्रैबाट शारदा लाई एक पटक भेटेर माफी माग्नु पर्छ जस्तो लाग्दै थियो! तर म भित्रको कायरताले मलाई हिम्मत बिहिन बनाउन्दै  थियो.... म आफ्नै मन भित्रको द्वन्द मा फसेको थिए अत्मद्वंदा चल्दै थियो मन भरि! एक्कासी मा फंन्क्क फर्के अनि अघि शारदालाई भेटेको ठाउँ तिर लागे! शारदा तेहा थिइनन! म केहि नसोची उनको घर तिर लागे! मलाई उनको घर राम्ररी थाहा थियो! तर उनि अझै तेही घरमा छिन या बिहे गरेर अन्तै गइन भन्ने कुराको चाही निक्यौल थिएन! तर बिहे गरेर अन्तै गएको भए पनि उनको पत्तो लगाउने उपाए अब केवल उनको घर पुगेर मात्रै सकिन्थियो भन्ने मन भित्र लग्यो तेही भएर म उनको घर तिर लागे!

शारदाको घर पुग्न गार्हो भएन! पहले पनि काठमाडौँ आइराख्ने भएर मलाई राम्री हेक्का थियो शारदाको घरको! मूल ढोकामै पालेदाई लाई सोधेर पत्ता लग्यो शारदा घरमा थिइनन! कतिबेला आउनुहुन्छ  भनेर सोधे,  स्पस्ट जवाफ पाइन! अब म के गरम भयो! तर मैले अठोट गरि सकेको थिए यो पाली म जसरि पनि शारदालाई भेटेर सबै कुरा स्पस्ट गरेर उसंग माफी मागेर मात्रै गाऊ फर्किन्छु भनेर तेही भएर शारदालाई कुर्ने निर्णय गरे!


 धेरै कुर्नु परेन, मुस्किल ले आधा घण्टा को पर्खाई मै एउटा ठुलो गाडी शारदाको घर म छिरेको देखे! पाले दाईले ढोका खोल्दै सलाम गरेको देखेर म कुद्दै गए! गाडी भित्र छिरिसकेको थियो! पालेदाईलाई शारदा आएको हो भनि सोधे! पालेदाईले हो शारदा मैया आउनु भएको हो भनि जवाफ दिनु भयो! तर पालेदाईले मलाई भित्र जान दिनु भएन! मलाई ढोका मै उभाएर पाले दाई चाही भित्र छिर्नु भयो! एकछिन पछि मलाई ढोका खोल्दै भित्र छिर्न भन्नु भयो! भित्र छिरेको मात्रै थिए शारदालाई देखे! उनि अझै गाडीकै अघाडी उभिराखेकी थिइन! म उनको नजिकै गए! शारदा मलाई  नियाल्दै थिइन! चिन्ने प्रयाश गर्दै थिइन ! चुस पालेको दाड़ी अनि जुंगाले गर्दा सायद मलाई छिन्न गार्हो भएको थियो! मैलेनै हात जोडेर भने:
म: शारदा, कृपया मलाई माफ गरिदेउ!
शारदा: मैले त केहि पनि बुझिन के को माफी? तपाई को?
म: मलाई चिनिनौ? म तेही तिम्रो पुरानो साथि, तिमीलाई भेट्छु भनि बाचा गरे पनि न भेटि यो सहर बाट टाडा गएको साथि! तिमीलाई सबै भन्दा मिल्ने साथी भने पनि मन को कुरा तिमि बाटै लुकाएर राख्ने साथी!
शारदा: (अचम्म मान्दै) आकाश?
म: हो म आकाश नै हो!
शारदा: ओह आकाश तिमि कहाँ हराएको थियौ येत्रो बर्ष?
म: शारदा, म हराएको हैन, तिमिसंग भागेको थिए...
शारदा: भागेको? किन र?
म: शारदा.. जब तिमीले आफ्नो मन को कुरा भन्छु भन्यौ तेस्पछि मैले महसुश गरे तिमीले मलाई मन-पराएको कुरा! तर त्यो समभब थिएन त्यो बेला! किन भने मैले अरुलाई नै मन पराउन्थे ! मेरो जीवनमा सपना भित्रिसकेकी थिइन (तेस्पछि मैले सपना र मेरो बारेमा सबै शारदालाई सुनाए)
शारदा: (सबै सुनी सकेपछि) तर तिमीले मलाई पछि पनि यो कुरा भन्देको भए राम्रो हुन्थियो आकाश! बितेको ८ बर्षमा मैले तिमीलाई कहाँ कहाँ खोजिन? यो खोज्नु को पिडा को भन्दा सायद तिम्रो र सपनाको प्रेम कथा थाहा पाउँदा को पिडा कम हुन्थियो होला! मलाई बिस्वाश थियो तिमि एकदिन मलाई भेट्छु भनेर तेही भएर पनि म काठमाडौँ छाडेर कतै जनै सकिन! अझै पनि तिमीलाई कुरेर बसिराखेको थिए! तर ठिकै छ आकाश, तिम्रो जीवनमा मलाई भनेर जुन स्थान छ तेही स्थान मा राखी-राख्नु.... सपनालाई मेरो तरफ बाट धेरै धेरै माया दिनु अनि सधै खुसि राख्नु.... येति भन्दै शारदा आफ्नो कोठा तिर कुद्दै गइन-

 शारदा भाभुक भएकी थि इन तेही भएर उनले मलाई आफ्नो घर भित्र पनि लगिनन.. हामि गाडी पार्क गरेकै ठाउमा उभि उभि गफ्फ गर्दै थियौ... अब त शारदा घर भित्र छिरिसकेकी थिईन! म पनि तेहा उभि राख्नु पर्ने केहि अर्थ थिएन तेही भएर म पनि उनको घर बाट निस्के...

 आज म एकदम फुर्तिलो भएको छु! मेरो मन हलुका भएको छ! मैले आफ्नो मनको भरि बिसाएर आएको छु! मेरा आँखा अझै रसाई रहेकाछन्... आशु संग-संगै म भित्रको पिडा पनि बाहिर छात्ता-छुल्ला  भै राखेको छ! आनन्द अनुभब गर्दै छु!

 तर.............मैले पूर्ण रुप मा शारदाको पिडा भुले छु............आफ्नो स्वार्थ पुरा भए पछि अरुको बारेमा न सोच्ने स्वार्थी यो मेरो मन पूर्ण रुप मा स्वार्थी भएको छ.. मेरो स्वार्थ भएछु... तर मा खुसि छु..................... तर म साच्चै खुसि छु! .किन भने मसंग सपना छिन अनि मेरी प्यारी छोरी शारदा छिन................



 "आशु"