Search This Blog

Saturday, September 4, 2021

याद

 नियालीरहें तस्बिरहरु

टोलाएँ सम्झिन्दै पुराना दिनहरु !

चञ्चल यो मेरो मन तब भो दङ्ग

जब सम्झे गुन्गुनायेका तिम्रा मिठा भाखाहरु !!


सम्झनामा अझै पनि तिमि ताजै भैदियौ

रमाउन खोज्दा तिमि संग. तिमि सपनी मा मसंग रमाईदियौ

गुनगुन गर्दै गुन्गुनायेका मिठा भाखार्हरु माझ

तिमि अझै पनि याद बनि आइदियौ

तिमि अझै पनि याद बनि आइदियौ ......

Wednesday, September 1, 2021

Sunday, August 29, 2021

पबित्र मन

मलाई दोषहरुमा

निर्दोष देख्ने

तिम्रा पबित्र आँखा

अनि त्यो मनको आभारी छु म


मेरो माया अब निस्वार्थ रहेन

तिमीले खोजे जस्तो

यो  मन अब कोमल रहेन

समय संग-संगै परिबर्तन भए म 

तिमीलाई भुलाएर

अन्तै रमाई रहे म 

रमाई रहे म

रमाई रहे म


मलाई दोषहरुमा,

निर्दोष देख्ने

तिम्रा पबित्र आँखा

अनि त्यो मनको आभारी छु म


शुभकामना दिने रहर हरु

यो मनमा मा अझै जिवितै छ

खुसीहरू मा तिमि  रमाएको 

हेर्ने मेरो चाहना अझै जिवितै छ

टाढा टाढा भैगए म,

म भित्र तिम्रो माया जिवितै छ


मलाई दोषहरुमा

निर्दोष देख्ने

तिम्रा पबित्र आँखा अनि

त्यो मनको आभारी छु म