स्वार्थी मन
झट्ट हेरे शारदाझैँ लग्यो तर मलाई बिश्वाश भएन ! शारदालाई मैले न देखेको पनि झन्डै ८ वर्ष भै सक्या थियो तेही भएर पनि झट्ट चिन्न गार्हो भयो! राम्ररी नियालेर हेरे हो उनि शारदा नै थिइन! वर्षौ पछी आज मैले उनलाई देखे ! अझै पनि तेही सुन्दरता, तेस्तै चमक उनको मुहारमा देख्दा खुसि लग्यो! उनको र मेरो भेट क्याम्पस पढ्ने बेला मा भएको थियो! उनि र म एकै क्लासमा भएकोले सामान्यता हेराहेर भै रख्थियो तर बोलचाल चाही क्लास सुरु भएको २-३ महिनापछि मात्रै भएको थियो! मलाई अझै पनि सम्झना छ त्यो दिन ! त्यो दिन क्याम्पसमा खेलकुद कार्यक्रम थियो र म पनि क्रिकेट टिम मा सेलेक्सन भएको थियो! एउटै व्याच र एउटै क्लास भएकोले उनि हाम्रो सप्पोटमा चियारअप गर्दै थिईन ! खेल हामीले राम्रो नतिजा ले जित्यौ ! मैले राम्रो खेलेको थिए सायद तेही भएर उनि मलाई बधाई दिन आइन र हाम्रो बोलचाल भयो! तेस्पछीका दिनहरुमा उनको र मेरो मित्रता झंगीन्दै गयो र हामि असल मित्र भयौ ! ३ वर्षीय क्याम्पस जीवन सकिन लागेको थियो हाम्रो अन्तिम परिक्ष्याको रुटिन आइसक्या थियो तेही भएर हामि तल्लिन भएर परीक्षाको तैयारी गर्दै थियौ ! त्यो दिन क्याम्पसको अन्तिम दिन थियो म क्याम्पसगेट बाट जसै निस्के मेरो अघाडी शारदा आएर उभिन! मैले शारदालाई देख्ने बितिक्कै मुस्काएर उसलाई स्वागत गरे उनि पनि जवाफ मा मुस्कुराउन्दै मलाई हेरी राखिन! उनले एकटक मलाई हेरेको देखेर मैलेनै शिर निहुराए, प्रति उत्तरमा शारदाले मेरो हात समात्दै मलाई गेटको छेउ तिर तानिन ! शारदाले मलाई तानेर त छेउतिर लगिन तर केहि पनि बोलिनन ! त्यो मौनतालाई चिर्दै मैले नै सोधे, :- शारदा के भयो? किन मलाई रोकेको?
शारदा:- मलाई तिमिसंग एउटा कुरा गर्नु थियो तेही भएर
म:- ओह!! अनि भन् के काम थियो? केहि अप्ठेरो पर्यो ?
शारदा: येही बसेर कुरा गर्ने कि कतै बसेर? कतै बसेर कुरा गर्दै हुँदैन? तिमीलाई हत्तार छैन भने एकछिन क्याफे जाउ, Coffee खाउ अनि तेही कुरा गरम्ला है?
म:- हम्म! काम त छैन तर परीक्षाको तैयारी गर्नु पर्दैन?
शारदा: लेह! अनि मैले तिमीलाई दिनभरी म संग बस्न भनेको हो त? एकछिन कुरा गरौला अनि घर जाउला भनेको नि!
म:- हेहेहेहे हस्स जाउ तेसो भए!
म अनि शारदा संगै छेउकै क्याफे तिर लगायौ!
क्याम्पस भन्दा अलि अघाडी निस्केर सडक छेउकै क्याफेमा छिर्यौ! छेउकै टेबल खाली रहिछ तेही बस्यौ! अनि शारदा ले मेरो लागि Black coffee अनि आफ्नो लागि MIlk Coffee मगाईन! हामि क्याम्पस मा संग-संगै बस्ने खाने गर्ने हुँदा उसलाई राम्री थाहा थियो म Black Coffee मात्रै लिन्छु भनेर तेही भएर मेरो लागि उसले Black coffee मगाएको थियो!
शारदा मौन भईन! मौनता तोड्दै मैलेनै कुरा अघि बढाए, सोधे,
म: शारदा तिमि के कुरा गर्न चहन्थियौ मसंग ?
शारदा: (आफुलाई अलि सम्हाल्ने कोशिश गर्दै) आकाश, अब हाम्रो जाच सकिए पछि तिमि गाऊ फिर्ता जाने कि येतै बसेर केहि गर्ने विचार गरेकाछौ?
म: हुम्म्म सोचीसकेको छैन मैले! तर म गाऊ फिर्ता जानु पर्छ! किन भने घर परिवार पनि हेर्नु पर्छ मैले! धेरैले मबाट धेरै आशा राखेका छन् त्यो सबै मैले पुरा गर्नु पर्छ तेही भएर पनि घर फिर्ता जानु पर्छ! तर तिमि यो सब किन सोधी रहेकीछौ?
शारदा: तिमि येतै बस्ने हो भने तिम्रो जागिरको लागि म बुवा संग कुरा गर्दीम भनेर सोधेको नि
म: ओह! धन्यवाद! धन्यवाद!! मेरो येति धेरै ख्याल राखिदिएको मा ! अ सच्चि तिमि अघाडी पढ्न ऑस्ट्रेलिया जाने भन्ने सुनेको थिए साछी हो?
शारदा: Coffeeको चुस्की लिन्दै........ अह हो! बाबाले ऑस्ट्रेलिया जानु पर्छ भन्नु भएकोछ! तर अहिले नै सबै निर्णय भै सकेको छैन!
म: शारदा एउटा कुरा भनुम? मलाई किन एस्तो लाग्दैछ कि तिमि मसंग अरु नै केहि कुरा गर्न चाहन्छु तर कुरा लुकाई राखेकी छौ?
शारदा: तेस्तो केहि नि हैन!
म: तर अघि त तिमि एकदमै आतिएर मलाई भन्दै थियौ केहि कुरा गर्नु छ? तर अहिले खै तेस्तो केहि कुरा नै गरिराखेकी छैनौ तिमि? शारदा, मलाई किन एस्तो लाग्दैछ मानौ तिमि मसंग केहि कुरा लुकौन्दै छौ? तेस्तो केहि छ भने कृपया मलाई भने हुन्छ.. गार्हो नमनि भने हुन्छ !
शारदा: तेस्तो केहि पनि हैन !
म: सायद तिमि हामी दुइको सम्बन्ध बारे कुरा गर्न खोजे जस्तो लाग्दै छ मलाई? हो भने शारदा एउटा कुरा म तिमीलाई स्पस्ट भन्न चाहन्छु......... मेरो बारेमा नसोचे हुन्छ!
शारदा: (आश्चर्य पर्दै) किन?
म: धेरै कुरा मैले तिमीलाई भनेको छु.. सत्य अनि तथ्य कुराहरु सके सम्म मैले तिमिसंग केहि कुरा लुकाउन खोजिन ...... किन भने तिमि मेरो मिल्ने साथि हौ.. अझ भन्नु पर्दा तिमीलाई म साथीहरु भन्दा पनि माथि राख्न चाहन्छु तर........ हामी बीच को सम्बन्धलाई अझै बिकसित गर्ने बारेमा चाही न म सोच्न सक्छु न त तिमीलाई सोच्न भन्छु.. सोचेकै छौ भने पनि कृपया आज अनि अहिले बाट नै तेस्तो सोच्न छाडीदेउ!
शारदा: तर किन?
म: अहिले जाच छ तेस्को तैयारी गरम... जाच सकेपछि कुरा गरमला हुन्न?
शारदा: हेर आकाश कृपया मलाई भनिदेउ तिमीले के भन्न खोजेको मैले स्पस्ट बुझिन?
म: अरे यार भन्दै छु ............ पहिले जाच को तैयारी गरम... तेस्पछि कुरा गरौला ........ तैत तिमिपनि... पढ्नु लेख्नु छैन... जाच टाउको म छ तिमि चाही पढ्न छाडेर... भोलि फेल भैयो भने त जीवन बर्बाद भएन?? तिम्रो त बाबा ले तिमीलाई ऑस्ट्रेलिया पनि पठाउनु हनन फेरी हेहेहेहे
शारदा: हम्म हुन्छा तर मलाई बाचा गर जाच सकेको दिन तिमि मसंग मेरो घर जान्छु बाबालाई भेट्न!
म: हुस हजुर को जो आज्ञा!
तेस्पछि हामि छुटियौ!
जाच सुरु नहुन्जेल सम्म तैयारी गर्नैको लागि भनेर म घरबाट कतै निस्किन अनि सायद शारदा पनि कतै निस्किन तेही भएर हाम्रो भेट भएन!
जाच सुरु भए पछि चाही हाम्रो भेट भयो तर हामि बीच धेरै कुरा हुन्थियेना! जाच कस्तो भयो अनि कस्तो तैयारी हुँदैछ भन्नु बाहेक धेरै कुरा हुन्थियेन! शारदाको त थाहा भएन तर म चाही उनि बाट तर्केर होला अलि टाडई हुन खोज्दै थिए! त्यो मेरो आफ्नै गल्ति थियो! घरि-घरि मैले न सोचेको हैन, तर शारदाको मनको कुरा बुझे पनि न बुझे पनि मैले आफ्नो बारेमा एउटा कुरा चाही उसंग लुकाएको थिए! सपना !! हो मैले सपनाको बारेमा शारदालाई केहि भनेको थिइन! शारदालाई सपनाको बारेमा न भन्नु नै मेरो सबै भन्दा ठुलो गल्ति थियो भन्ने कुरा को महसुस मैले गर्दै थिए तर... सायद ढिला पो भैसकेको थियो!
सपना र म एकै गाउका थियौ अनि हामी संगै पढेर ठुलो भएका थियौ ! मैले गाऊबाट प्रविणता प्रमाण तह पास गरे पछि घरबाट अझै धेरै पढ्नु पर्छ भनेर गाऊ छाडी काठमाडौँ शहर आउने मौका पाए तर सपनाले आफ्नो अघाडी को पढाई छाड्नु पर्यो! सपनाको र मेरो बारेमा गाऊ मा सबैलाई थाहा थियो! मेरो पढाई सकेपछि हामी दुबैको बिहे गरिदिने भनेर घरमा सल्लाह पनि भै सकेको थियो! तर स्वार्थी भएरपो हो कि शारदा ताडिन्छ कि भन्ने डरले हो मैले शारदालाई कहिले पनि सपनाको बारेमा भन्ने साहस गरिन! तर अब सत्यकुरा भन्नु पर्ने बेला भएको थियो तर भन्ने साहस थिएन म भित्र! तेही भएर जाच सकिने बितिकै शारदालाई नभेटि मा सुटुक्क गाऊ तिर हिडेको थिए! तेस्पछि मैले गाऊ गएर सपनासंग घरजम गरे अनि आफ्नो जीवन उतै बिताउन थाले!
बीचमा काठमाडौँ आइरख्थे तर कसै संग पनि नभेटि मा सुटुक्क गाऊ फर्किन्थे! शारदाको बारेमा पत्ता लगाउने मेरो साहस नै भएन! मैले ब्यर्थै शारदालाई सपना देखाएको थिए तर उसको सपना किन पुरा हुन सक्दैन भन्ने कुरा पनि मैले उसलाई स्पस्ट पार्न जरुरि नसम्झी गाऊ हिडेको थिए, उसलाई एक्लै छाडेर हिडेको थिए ! तेही भएर आज मा शारदाको अघाडी जान पनि तर्किन्दै छु!
सायद, तेही भएर पनि होला शारदाले पनि मलाई हेरेर पनि नचिनेझई गरेकी पो हुन् कि भन्ने संखा लाग्दै थियो!
म मनभरी येस्तै कुरा खेलाउन्दै newroad हुँदै बसन्तपुर तिर लागे! आज मेरो मन एकदमै छट-पट्टी रहेको थियो! शारदालाई देखे देखि मनभित्रैबाट शारदा लाई एक पटक भेटेर माफी माग्नु पर्छ जस्तो लाग्दै थियो! तर म भित्रको कायरताले मलाई हिम्मत बिहिन बनाउन्दै थियो.... म आफ्नै मन भित्रको द्वन्द मा फसेको थिए अत्मद्वंदा चल्दै थियो मन भरि! एक्कासी मा फंन्क्क फर्के अनि अघि शारदालाई भेटेको ठाउँ तिर लागे! शारदा तेहा थिइनन! म केहि नसोची उनको घर तिर लागे! मलाई उनको घर राम्ररी थाहा थियो! तर उनि अझै तेही घरमा छिन या बिहे गरेर अन्तै गइन भन्ने कुराको चाही निक्यौल थिएन! तर बिहे गरेर अन्तै गएको भए पनि उनको पत्तो लगाउने उपाए अब केवल उनको घर पुगेर मात्रै सकिन्थियो भन्ने मन भित्र लग्यो तेही भएर म उनको घर तिर लागे!
शारदाको घर पुग्न गार्हो भएन! पहले पनि काठमाडौँ आइराख्ने भएर मलाई राम्री हेक्का थियो शारदाको घरको! मूल ढोकामै पालेदाई लाई सोधेर पत्ता लग्यो शारदा घरमा थिइनन! कतिबेला आउनुहुन्छ भनेर सोधे, स्पस्ट जवाफ पाइन! अब म के गरम भयो! तर मैले अठोट गरि सकेको थिए यो पाली म जसरि पनि शारदालाई भेटेर सबै कुरा स्पस्ट गरेर उसंग माफी मागेर मात्रै गाऊ फर्किन्छु भनेर तेही भएर शारदालाई कुर्ने निर्णय गरे!
धेरै कुर्नु परेन, मुस्किल ले आधा घण्टा को पर्खाई मै एउटा ठुलो गाडी शारदाको घर म छिरेको देखे! पाले दाईले ढोका खोल्दै सलाम गरेको देखेर म कुद्दै गए! गाडी भित्र छिरिसकेको थियो! पालेदाईलाई शारदा आएको हो भनि सोधे! पालेदाईले हो शारदा मैया आउनु भएको हो भनि जवाफ दिनु भयो! तर पालेदाईले मलाई भित्र जान दिनु भएन! मलाई ढोका मै उभाएर पाले दाई चाही भित्र छिर्नु भयो! एकछिन पछि मलाई ढोका खोल्दै भित्र छिर्न भन्नु भयो! भित्र छिरेको मात्रै थिए शारदालाई देखे! उनि अझै गाडीकै अघाडी उभिराखेकी थिइन! म उनको नजिकै गए! शारदा मलाई नियाल्दै थिइन! चिन्ने प्रयाश गर्दै थिइन ! चुस पालेको दाड़ी अनि जुंगाले गर्दा सायद मलाई छिन्न गार्हो भएको थियो! मैलेनै हात जोडेर भने:
म: शारदा, कृपया मलाई माफ गरिदेउ!
शारदा: मैले त केहि पनि बुझिन के को माफी? तपाई को?
म: मलाई चिनिनौ? म तेही तिम्रो पुरानो साथि, तिमीलाई भेट्छु भनि बाचा गरे पनि न भेटि यो सहर बाट टाडा गएको साथि! तिमीलाई सबै भन्दा मिल्ने साथी भने पनि मन को कुरा तिमि बाटै लुकाएर राख्ने साथी!
शारदा: (अचम्म मान्दै) आकाश?
म: हो म आकाश नै हो!
शारदा: ओह आकाश तिमि कहाँ हराएको थियौ येत्रो बर्ष?
म: शारदा, म हराएको हैन, तिमिसंग भागेको थिए...
शारदा: भागेको? किन र?
म: शारदा.. जब तिमीले आफ्नो मन को कुरा भन्छु भन्यौ तेस्पछि मैले महसुश गरे तिमीले मलाई मन-पराएको कुरा! तर त्यो समभब थिएन त्यो बेला! किन भने मैले अरुलाई नै मन पराउन्थे ! मेरो जीवनमा सपना भित्रिसकेकी थिइन (तेस्पछि मैले सपना र मेरो बारेमा सबै शारदालाई सुनाए)
शारदा: (सबै सुनी सकेपछि) तर तिमीले मलाई पछि पनि यो कुरा भन्देको भए राम्रो हुन्थियो आकाश! बितेको ८ बर्षमा मैले तिमीलाई कहाँ कहाँ खोजिन? यो खोज्नु को पिडा को भन्दा सायद तिम्रो र सपनाको प्रेम कथा थाहा पाउँदा को पिडा कम हुन्थियो होला! मलाई बिस्वाश थियो तिमि एकदिन मलाई भेट्छु भनेर तेही भएर पनि म काठमाडौँ छाडेर कतै जनै सकिन! अझै पनि तिमीलाई कुरेर बसिराखेको थिए! तर ठिकै छ आकाश, तिम्रो जीवनमा मलाई भनेर जुन स्थान छ तेही स्थान मा राखी-राख्नु.... सपनालाई मेरो तरफ बाट धेरै धेरै माया दिनु अनि सधै खुसि राख्नु.... येति भन्दै शारदा आफ्नो कोठा तिर कुद्दै गइन-
शारदा भाभुक भएकी थि इन तेही भएर उनले मलाई आफ्नो घर भित्र पनि लगिनन.. हामि गाडी पार्क गरेकै ठाउमा उभि उभि गफ्फ गर्दै थियौ... अब त शारदा घर भित्र छिरिसकेकी थिईन! म पनि तेहा उभि राख्नु पर्ने केहि अर्थ थिएन तेही भएर म पनि उनको घर बाट निस्के...
आज म एकदम फुर्तिलो भएको छु! मेरो मन हलुका भएको छ! मैले आफ्नो मनको भरि बिसाएर आएको छु! मेरा आँखा अझै रसाई रहेकाछन्... आशु संग-संगै म भित्रको पिडा पनि बाहिर छात्ता-छुल्ला भै राखेको छ! आनन्द अनुभब गर्दै छु!
तर.............मैले पूर्ण रुप मा शारदाको पिडा भुले छु............आफ्नो स्वार्थ पुरा भए पछि अरुको बारेमा न सोच्ने स्वार्थी यो मेरो मन पूर्ण रुप मा स्वार्थी भएको छ.. मेरो स्वार्थ भएछु... तर मा खुसि छु..................... तर म साच्चै खुसि छु! .किन भने मसंग सपना छिन अनि मेरी प्यारी छोरी शारदा छिन................
"आशु"