Search This Blog

Friday, February 8, 2013

प्रतियोगीको रुपमा mYktm को यात्रा:






Locus :
            २०६८ साल श्रावण महिनाको पहिलो हप्ता देखि पुलचोकमा शुरु भएको LOCUS मेलामा एउटा event को रुपमा रहेको Counter Strike 1.6 को प्रतियोगिता नै mYktm ले प्रतियोगीको रुपमा खेलेको पहिलो प्रतियोगिता हो! एतिहासिक त्यो प्रतियोगितामा mYktmers को रुपमा पहिलो पटक प्रतियोगिता खेल्ने खेलाडीहरु क्रमश: अपु, सन्ता, गोर्खाली, इम्ब्रो तथा अम्बो थिए भने टिमलाई समर्थन गर्न कम्बिज़, बृजेश, गौलोचन लगायतका साथीहरु पुलचोक पुगेका थिए! २ दिन सम्म चलेको त्यो पहिलो प्रतियोगितामै आफ्नो राम्रो खेल प्रदर्शन गर्न सफल भएका थिए mYktm का खेलाडीहरु! प्रतियोगिता पहिलो भएकोले लक्ष्य ठुलो थिएन तर.... पहिलो प्रतियोगितामै २स्रो स्थान पुन सफल भएका थिए mYktmers! त्यो खेलबाट झनै हौसिएका थिए mYktm का खेलाडीहरु!

त्यो प्रतियोगितालाई mYktm र mYktmers ले सम्झनै पर्ने केहि बुंदाहरु:
१) पहिलो प्रतियोगितामै दोस्रो स्थान पाउनु!
२) mYktmer को रुपमा निशान्त श्रेष्ठ (doomey) लाई पाउनु !
३) पहिलो पटक सुसन (nob1) लाई भेटेको र तेही भेट पछि सुसन पनि mYktmer को रुपमा यो समुहमा आबद्ध हुनु!



mYktm tourney v 1.0 :

First mYktm Tourney

             पहिलो प्रतियोगितामै २स्रो स्थान पाएपछि mYktmer झन् हौसिएका थिए! उनीहरुले बुझे अब online मात्रै प्राक्टिस गरेर हुन्दैन! LAN प्राक्टिस पनि गर्नु पर्छ जसले गर्दा आफ्नो खेल कौसलता तिखार्न सकिन्छ! तेस्पछि mYktmers ले नियमित अभ्यास गर्न थाले LAN को!
नियमति अभ्यासलाई केहि समयको लागि थाती राख्दै mYktm tourney v 1.0  गर्नु पर्ने भयो mYktmers ले र तेही प्रतियोगिता mYktm ले सहभागी जनाएको २स्रो प्रतियोगिता भयो! दोस्रो प्रतियोगितामा म्य़्क्त्म ४थो स्थान मा चित्त बुझौन बाध्य भएको थियो!






३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट:

3rd Amol Cyber CS 1.6 Tourney

            २स्रो सहभागितामा सायद अभ्यासको कमीले गर्दा mYktm ले पाउनु पर्ने स्थान पाउन सकेन भन्ने सबैले  राम्री बुझेका थिए! अर्थात् एकातिर आफ्नै प्रतियोगिता थियो जसको कारणले गर्दा प्रतियोगितालाई राम्री संचालन गर्नु पर्ने जिम्मेबारी थियो भने अर्को तिर खेललाई निरन्तरता दिन अभ्यास जरुरि थियो! अभ्यास गर्ने हो भने बेबस्थापनमा कम्जोरिहोला भन्ने डरले प्रतियोगितालाई राम्री संचालनगर्नु  नै प्राथमिकता हो भन्ने सोच को साथ् सबैले ले प्रतियोगिताको तैयारी तिर ध्यान दिएको थियो तेही भएर ४थो स्थान मा चिता बुझाएको थियो! तर अब आफुलाई अब्बल देखाउने मौका पाएको थियो mYktm ले अर्थात् ३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्टमा सहभागी भै आफुलाई अब्बल देखाउने ध्याउन्न को साथ् अभ्यास मा व्यस्त भएका थिए mYktmers र नतिजा पनि आफ्नै पक्ष मा रहयो! अर्थात् पहिलो पटक पहिलो स्थान पुन सफल भएको थियो mYktmers ३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट मा!


Mystiq टोर्नामेन्ट, कालिमाटी:
              mystiq ले आयोजना गरेको यो प्रतियोगिता केहि कारणले mYktm टिम "A" ले नखेल्ने भनेर बसेको थियो! तर टिम "B" लाई चाही अनुभव बटुल्न भएपनि त्यो प्रतियोगिता मा सहभागी जनाउनु पर्छ भनेर टिम "B" लाई पठाउने निर्णय भएको थियो! खेल सुरु हुने दिन खेल हेर्न भनेर सबैजना तेह पुगेका थिए! आयोजकको अनुरोधमा टिम "A" पनि खेल्ने भयो! २ दिन सम्म चलेको त्यो प्रतियोगितामा टिम "B" ले कुनै स्थान ल्याउन नसके पनि टिम "A" ले चाही २स्रो स्थानमा चित्त बुझाएको थियो!



कुरूक्षेत्र टोर्नामेन्ट:
 

प्रथम कुरुक्षेत्र प्रतियोगिता

          Mystiq tounrey  सकेको केहि समयपछि नै सुरु हुँदै थियो ngamers द्वारा आयोजित प्रथम कुरुक्षेत्र   प्रतियोगिता! खुल्ला ठाउमा हुन लागेको त्यो प्रतियोगिताले counter strike 1.6 लाई मात्रै नसमेटी अरुपनि खेललाई समेटेको थियो! जस्तै : fifa तथा dota ! यो प्रतियोगिता बिर्सन लायक रहयो ! टिम "A" ले राम्रो सुरुवात गरे पनि भाग्यले साथ नदिंदा ३स्रो स्थान मै चित्त बुझाउनु पर्यो भने टिम "B" को ले राम्रो सुरुवात गरेको थियो तर कुनै पनि स्थान पाउन सकेन!



प्रथम पोखरा Counter Strike 1.6 टोर्नामेन्ट:
 


           कुरूक्षेत्र टोर्नामेन्ट पछि निराश भएका थिए mYktmers राम्रो खेल खेल्दा पनि राम्रो स्थान पाउन नसक्नु आफैमा पिडा दायक थियो त्यो समय! तेसै समयमा हाम्रा पुराना तर काठमाडौँ भन्दा बाहिर अर्थात् पोखरामा बस्ने mYktmers बिबेक लिगल, कुमार सापकोटा तथा उज्ज्वल अधिकारीले आफ्नो पहलमा तेहाका स्थानीय event आयोजक ११ hours लाई अनुरोध गरेर Counter strike 1.6 को प्रतियोगिता गर्न लगाएका थिए! mYktmers को आफ्नै प्रयाश थियो तेही भएर पनि २ टिम प्रतियोगिता खेल्न भनेर पोखरा गएको थियो! स्थानीय mYktm टिम अनि काठमाडौँ को २ वटा mYktm टिम गरेर  जम्मा ३ mYktm टिम तथा अरु ४ वटा चाही तेही को स्थानीय टिम गरि जम्मा ७ टिम सहभागी भएको थियो! त्यो प्रतियोगिता पोखराको लागि प्रथम प्रतियोगिता थियो भने mYktmers को लागि काठमाडौँ बाहिर गएर खेल्न पाएको पहिलो प्रतियोगिता थियो! सन्जोग नै भन्नु पर्छ त्यो प्रतियोगिताकोमा mYktm को टिम "A" प्रथम भयो भने  टिम "mYktm|pkr" दोस्रो भएको थियो र तेस्रो भएको थियो mYktm  मिक्स टिम!


 
४थो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट:


            अमोल साइबर ले आयोजना गरेको ४थो प्रतियोगितामा mYktm को ५ वटा टिमले सहभागिता जनाएको थियो! टिम "A", टिम "B", टिम "C", टिम "D" तथा टिम "jr"! mYktm members बढिरहेको थियो तेही भएर पनि टिम पनि बढिरहेको थियो तेसैको नतिजा थियो ४थो अमोल साइबर प्रतियोगितामा mYktm को ५ वटा टिम को सहभागिता! अपेक्षा अनुरुप खेल्न नसक्दा mYktm टिम "A" looser bracket मा झरेको थियो भने मिस्रित खेल खेल्दै बाकि टिम पनि looser bracket  मा पुगिसकेको अवस्था थियो! परम्परागत प्रतिद्वन्धि Mystiq संगको एक हार ले mYktm टिम looser bracket मा पुगेको थियो अबको एउटा हारले टिम बाहिरिने अवस्था मा पुगिसकेको थियो! बाकी अरु टिम बाहिरिसकेको थियो! टिम पुरा pressure मा थियो! तर सोचे भन्दा राम्रो खेल कौशलता देखाउदै mYktm टिम "A" league मा भएको हार को बदला लिंदै टिम Mystiq लाई final मा हराउदै उपाधि को रक्षा गर्न सफल भएको थियो!
            त्यो गेम हेर्न धरान बात mYktm|KD तथा mYktm|masu  पनि काठमाडौँ एक थिए भने पोखराबाट आश्चर्यजनक रुपमा उज्ज्वलको आगमन भएको थियो!



प्रथम एमबुश टोर्नामेन्ट:




        एमबुस गेम हाउस ले आफ्नो सेवा सुरु गरेको उपलक्ष्य मा Counter Strike 1.6 प्रतियोगिता गराउदै छ भन्ने खबर पाएका mYktm members हसियेर तैयारी गर्न लागे! mYktm  टिम"A" मात्र न भै टिम "B" पनि अब धेरै राम्रो भै सकेको थियो र प्रत्यक्ष्य दाबेदारको रुपमा आफ्नो उपस्थिति जनाउदै थियो टिम "B"! तर दुर्भाग्य त्यो प्रतियोगितामा कुनै स्थान पुन सकेन टिम "B" तर टिम "A" Final मा आफ्नो स्थान बनाउन सफल भएको थियो! final मा परम्परागत प्रतिद्वन्धि टिम Mystiq संग हरेको टिम "A" २स्रो स्थान मै चित्त बुझाउन बाध्य भएको थियो!



mYktm Counter Strike टोर्नामेन्ट v2.0 :


             एकपटक फेरी आफ्नै समुह मिलेर प्रतियोगिता गराउने बेला भएको थियो! तेही भएर समुहका सबै साथि मिलेर प्रतियोगिता संचालनहेतु जोड-तोड का साथ लागिपरेका थिए! यो प्रतियोगितामा लक्ष्य ठुलै थियो! अर्थात् फाईनलमा mYktm vs mYktm नै होस् भन्ने चाहना थियो! तर प्रतियोगिताको संचालन गर्नु पर्ने चट्टारो, तेसमाथि समयको अभाभ तेही भएर पनि चाहे अनुसार टिम "A" ले खेल्न सकेन! अहिले सम्मकै सबै भन्दा नराम्रो नतिजा बेहोरेको थियो mYktm "A" ले! अर्थात् लिगबाटै बाहिरिएको थियो टिम "A"! उता टिम "B" तथा टिम "TOV" पुरा जोस, जागरको साथ खेल्दै थियो! फाईनलमा mYktm Vs mYktm नै खेल्ने सपना पुरा गर्न लागि परेको थियो! तर सेमी फाईनलमा दुवै टिमको अप्रत्याशित हार ले सपना अधुरो रहयो र यो पालि पनि म्य़्क्त्म आफ्नै प्रतियोगितामा तेस्रो तथा चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो!




Battle of the Best टोर्नामेन्ट:

            फाईनलमा mYktm Vs mYktm खेल्ने सपना आफ्नै प्रतियोगितामा अधुरो भएको थियो भने टिम "A" नराम्रो नतिजाले लिग बाट आउट भएको थियो! लिग बाटै आउट भएको पिडा भुल्न भए पनि mYktm टिम "A" ले राम्रो नजिता देखाउनु पर्ने थियो यो प्रतियोगितामा साथै टिम "A" अझै अब्बल टिम हो भन्ने देखाउनु जरुरि भएको थियो! सोचे अनुरुप खेलेर टिम "A" एउटा पनि खेल नगुमाई लिगको सबै भन्दा माथि थियो भने टिम "B" ले खेलेको ४ खेल मध्ये २ मा जित तथा २ मा हार निकालेर देस्रो स्थान मा टिम "TBD" तथा टिम "Mystiq" संग थियो! टिम "A" फाईनल प्रवेश गरिसकेको थियो तर देस्रो स्थान मा रहेको ३ टिम बीच बाट एउटा टिमले मात्रै फाईनलमा स्थान बनाउनु पर्ने थियो! तेही भएर ३ टिम बीच फेरी लिग खेलाइयो! टिम "Mystiq" बिरुद्ध जित निकाल्दै फाईनल खेल्ने आशा जिवितै राखेको थियो mYktm "B" ले! उता टिम "TBD" संग हार बेहोर्दै टिम "Mystiq" फाईनलको रेस बाट आउट भयो! अब mYktm "B" तथा टिम "TBD" बीच को बिजेताले फाईनल खेल्ने निश्चित भयो! "TBD" ले पहिलो राउनडमा राम्रो प्रदर्शन गरेर "B" लाई २-१२ ले पछि परेको थियो! mYktm टिम "B" संग सबैले आशा मरिसकेकोथियो! अब फाईनल TBD Vs mYktm A को हुन्छ भन्ने सबैले सोचेको थियो तर तेस्को उल्टो नतिजा भयो! देस्रो राउनडमा राम्रो खेलको प्रदर्शन गर्दै टिम "B" ले TBD लाई १३-१६ ले पराजित गर्दै mYktm Vs mYktm फाईनल खेल्ने सपना पुरा गरेको थियो! फाईनलमा mYktm "A" ले टिम "B" लाई जितेको त्यो प्रतियोगिता एतिहासिक रहयो mYktm को लागि!



Thursday, February 7, 2013

mYktm को इतिहास

mYktm को इतिहास:
mYktm, सरसर्ती हेर्दा my = मेरो अनि ktm = काठमाडौँ  = mYktm बुझिन्छ! हुन् पनि mYktm सुरु गर्ने साथीहरुको समूह येही काठमाडौँका थिए तेही भएर उनीहरुले आफ्नो समुहको नाम mYktm राखेका हुन्! तर अब mYktm समूह एउटा ब्रान्ड समूह भएको छ अर्थात् mYktm भन्ने बितिक्कै E-Gaming  समूह भनि बुझाउने एउटा brand name  भएको छ ! अहिले यो समुहमा काठमाडौँका मात्रै नभएर सिंगो नेपाल र नेपाल बाहिरका साथीहरु पनि आबद्ध छन् !  बिगतमा यो समुह Relay-chat को रुपमा निक्कै चर्चामा थियो तर पछिलो पटक फेशबूक को आगमन संगै संसार बाटै बिस्थापित हुँदै गरएको Relay-chat को असर यो समुहलाई पनि पर्यो! तेही भएर mYktm भन्ने ब्रान्ड बिस्थापित होला कि भन्ने डर थियो यो समुहको साथीहरुलाई! समुहका साथीहरु पनि E-Gaming को बिकाश संगै भित्रिएका विभिन्न खाले खेलहरु खेल्दै बस्थे! येसरी गेम खेल्दै बसेको देखेर गौलोचन बिक्रम शाहले mYktm को नामलाई जिवितै राख्ने जुक्ति अनुसार cs1.6 को अनलाईन सर्भर येही नेपालमै होस्ट गर्ने विचार गरेको हो र शाहकै सक्रियतामा बिबेक लिगल काठमाडौँ आएको मौका छोपी नेपालकै पहिलो counter strike 1.6 अनलाईन सर्भर चलाई इतिहास रचना सफल भएको छ यो समूह! साथै हराउन लागेको ब्रान्ड फेरी आकाशमा चम्किन थालेको छ!

पहिले पहिले अस्थाई रुपमा सुरु भएको यो सर्भर बिगत १ वर्ष देखि स्थाई रुपमै चलिरहेको छ! साथै counter strike बाट सुरु भएको यो सर्भर अरु पनि online game होस्ट गर्न तर्फ अध्यन गर्दै छ!


सरसर्ती हेर्दा mYktm को इतिहास:
२०००  = अनलाईन रिले चाट सुरु!
२००२ = अनलाईन फोरम सुरु!
२०१० = Counter strike अनलाईन सुरु!

mYktmले चुमेका सफलताहरु:

१) पहिलो स्थान : तेस्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट.
२) देस्रो स्थान : mystiq टोर्नामेन्ट, कालिमाटी
३) तेस्रो स्थान : कुरूक्षेत्र टोर्नामेन्ट.
४) पहिलो, दोस्रो तथा तेस्रो स्थान : पहिलो पोखरा Counter Strike 1.6 टोर्नामेन्ट.
५) पहिलो स्थान : चौथो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट.
६) दोस्रो स्थान पहिलो एमबुश टोर्नामेन्ट.
७) तेस्रो तथा चौथो स्थान mYktm Counter Strike टोर्नामेन्ट v2.0
८) पहिलो तथा दोस्रो स्थान : Battle of the Best टोर्नामेन्ट.
९) बिजेता तथा तेस्रो स्थान : जेड एस्क्वार टोर्नामेन्ट २०१३.


Tuesday, February 5, 2013

पहिलो प्रेम

पहिलो प्रेम


               आज् फाँगुपुर्णे, रंगमा पोतिएका अनि नशामा उनमाद भएकाहरुको हुल मेरो अगाडी बाट आउने जाने गरिरहेका थिए ! म एक्लै मौन भएर तिनीहरुलाई रमाएको हेर्दै थिए ! म आफैमा निराशपनि थिए  ! यो मेरो पहिलो पटक थियो फाँगुमा म आफ्नो जनकपुर भन्दा टाडा अरुको शहरमा थिए र एक्लो थिए ! एक त नया ठाउँ नया ठाउँ त्यसमाथि मित्रविहिन निकै काष्ठप्रदक रहयो यो फागुन म सोच्दैथिए ! जनकपुरमा हुँदा एकदिन अगाडी देखिनै परिक्रमा मेला घुम्न आउने तिर्थयात्रीहरुलाइ रंगको लोलाले हान्दै लुक्दै रमाइलो गर्दै फाँगुपुर्णेको सुरुवात गर्नु भन्दा अघिल्लो रात प्रहलादकि फुफु हिध्यांकश्यपकि बहिनि होलिकाको दहन स्वरूप समत जलाएर जनकपुरवासी अनि हामि फागुपुर्णेलाई स्वागत गर्थियौ तर यो बर्ष म सबैबाट बन्चित भएको थिए ! म रंगमा रंगिएकोहरु बीच आफ्नो जनकपुरका साथिहरुलाई खोज्दै थिए जो मलाई हेर्ने बितिक्कै कुद्दै आएर मेरो मुहार भरि रंग लगाएर तान्दै तिनिहरुसंगै घुम्न लिएर जान्थे ! तर म अरु शहरमा थिए तेसैले आज तेस्तो केहि हुनेबाला  थिएन यहाँ तेसैले म निराश थिए र बाटोको एउटा कुनामा बसेर अरुहरुले रंग खेलेको हेर्दै बसिरहे !

                   यो बर्ष कामलेगर्दा म राजविराज आएकोथिए काम समयमै नसकिएको कारणले गर्दा हामि जनकपुरजान बाट बन्चित भएका थियौ ! उनीहरुको रमाइलो हेरेर मेरो मन आहत भएको थियो आँखा रसाएर आसुका थोपा झरना मात्रै बाकि थियो ! जनकपुर को याद ले म आहत भएको थिए ! मन-मनै कुण्ठित हुँदै गए ! मा फर्केर आफ्नो डेरा तिर लागे ! एक्कासी याद आयो मलाई त एउटा साथीले खान खान भनेर बोलाएको थियो ! अचानक याद आएपछि मा उसैको घरतर्फ हानिए ! साथीको घर बाहिर दुईजना केटि (अन्दाजी १९/२० बर्ष) अनि दुईजना केटा (अन्दाजी १२/१४ बर्ष) उभिएर बाटो मा हिड्नेहरुलाई रंग पो छ्यापी रहेका थिए ! मा एकछिन ठिङ्ग उभिएर जाउ कि न जाउ सोच्दै बसे फेरी ह्य के भो त भनेर घर को ढोकामा पुगे, मलाई एक्कासी घरको ढोका तिर आएको देखेर ति केटाकेटीहरु  भागेर घर भित्र छिरे ! ढोकालाई ढक-ढकाउन्दै म पनि घर भित्र छिर्न चाहे ! त्यो सानो फुछे केटो तेही ढोका परि बुही रहेको रहिछा ! उसलाई देखेर सम्बोधन गर्दै मैले सोधे "भै रोशन छ?" केटो ले पनि नरम भै भन्यो "हजुर रोशन दाजु भित्रै होइसिन्छ ! बोलैदिउ?" तर मैले केहि भन्नु भन्दा अघि नै त्यो त्यो भाई कुद्दै गएर रोशन लाई म आएको जानकारी दियो ! म आएको थाहा पाएर रोशन पनि कोठाबाट बाहिर निस्कियो ! मलाई देखेर हास्दै happy holi भन्दै अंगालो मा बढ्यो अनि अलि कति रंग पनि दल्दियो ! मैले पनि happy  holi  सम्बोधन गरेर उ संगै घर भित्र छिरे ! रोशन को परिवार संग सामान्य परिचय भयो रोशन को बुबा ओफ्फिस को सिलसिला म़ा बाहिरी जिल्ला बस्नु हुँदो रहिछ ! यहाँ रोशन, रोशन को मुमा, रोशन को दुई बहिनि अनि दुइटा भाई गरि ६ जना बस्ने रहिछ ! परिचय पछी खान खाइयो अनि सबै संग बिदा बारी भएर म़ा आफ्नो कोटा तिर लागे येसरी मेरो त्यो बर्षको होलि सुरु अनि खत्तम भयो !

                    होलिको दिन सामान्य परिचय भएपछी रोशन को सानी बैनी शारदा मसंग मिल्न थाली हरेक दिन जसो भेट्ने अनि कुरा गर्ने हुन थाल्यो ! भेटघाट अनि कुरा कानी लम्बिंदै गए अब हामि घुम्न जाने पनि भयौ ! संगै घुमा जान्थ्यौ ! फिल्म हेर्न जान्थ्यौ ! हामि दुबैजना एक अर्काको धेरै नजिक हुनथाल्यौ ! शारदा संग बिताएका दिनहरु मेरो लागि अझै पनि सम्झिने योग्य छ ! म़ा अझै पनि उसलाई सम्झिरहन्छु ! मैले उनीसंगको मित्रताम़ा धेरै कुरा सिंखे ! उनीबाट मैले नया ठाउमा साथ् पाउनु पनि मेरो लागि उ प्रति माया बढाउने सहारा भयो ! उसको विचार सामान्यता अरु जस्तै थियो तरपनि उसको कुन कुराप्रति म उसंग नजिकिंदै गए थाहै भएन ! २ हप्ताको काम बढेर १ महिना लाग्ने भयो तर म खुसि थिए उसंग धेरै भन्दा धेरै दिन संगै बिताउन पाउने भए भनेर !

                 एकदिनको सम्झनाछ मलाई उ आफ्नो साथीसंग फिल्म हेर्न जाँदैथिइन ! उनले मलाई तिमिपनी हिड है भन्यो तर उनको साथीसंग जानु मलाई अलि अप्ठेरो लागिरा थियो तेसैले भयो तिमिनै जाउ म जान्न काम छ भनेर टार्न खोजे तर उनि रिसाईन अनि त करै लग्यो जाने ! तर हलमा जाँदा त उनको साथीहरु अरु तिर अनि  म र शारदा एकातिर भएको टिकेट रहिछ ! म मुसुक्क हासे उनि पनि हासिन ! दुबैजना मौन भएर फिल्म हेर्यौ ! फिल्म सकियो हामि संगै गयौ ! मैले उसलाई सुको घर को ढोका सम्म पु-याईदिए ! फर्केर म आफ्नो कोठा आए!

                   उनि जब पनि घर म हुन्थिन कुनै न कुनै वहानाले मलाई घर म बोलाऊथिन ! सायद संस्कृतिले गर्दा होला हामि बाहिर जति धुले पनि धेरै गफ्फ गर्दैनौ थियौ तर घर म भएको बेला हामि निक्कै गफ्फ  गर्थियौ , शारदा को दिदि, भाई अनि सानो भाई हामि सबै संगै खेल्थियौ कुरा गर्थियौ अनि रमौथियौ ! यसरि बित्दैथिए मेरा दिनहरु ! अनि बिस्तारै सकिन्दै थियो मेरो काम र नजिकिंदै थियो राजविराज छोड्ने मिति ! समय साच्चै अडकिन्दैना रहिछ जे जस्तो भएपनि समय आफ्नो गतिमा हिदिनै रहन्छ ! मेरो काम सकिन्दै थियो ! मा मख्ख थिए खुसि यस कारनकी म जनकपुर जानपाउथे तेसैले म खुसि थिए !

                    आज मेरो काम सकियो ! म पुर्णरुपमा स्वतन्त्र भए तर म भित्र खिन्नता छाउनथाल्यो जब शारदाबाट टाढिने कुरा मनमा आयो ! मैले त गम्भीर रुपमा लिएकैथिन शारदालाई न त उनले नै मलाई तेस्तो गम्भीर कुरा केहि भनेकीथिइन्  तर पनि आज अचानक किन मेरो मनमा खिन्नता छायो? पहिलो पटक अनुभूति भयो म प्रेममा परेछु र भावनात्मकरुपमा शारदा मेरो पहिलो प्रेमिका भईन ! तर मलाई शारदाले मलाई हेरेको दृष्टिकोर्णको ज्ञात थिएन तेसैले मैले आफ्नो मनको कुरा उनलाई भन्नु उचित ठानिन ! किनकि फेरी मैले उनलाई तेही छोडेर आफ्नो गन्तब्यमा फर्किनुको विकल्प मसंग थिएन ! र उनलाई तेही छोडेर जनकपुर फर्किनु मेरो बाध्यता थियो !

                म शारदासंग भेट्न गए! उनि बजार जाने तरखरमा थिइन् ! मलाई देखेपछी खुसि हुँदै संगै जान आग्रह गरिन ! मैले उनको आग्रह नकार्न सकिन ! उ संगै म बजार गए ! केहि क्षणको किनमेल पछी हामि फर्कियौ ! त्यो बीचमा मैले उनलाई केहि भनिन ! उनि जति खुसिथिइन्  त्यो देखेर मैले केहि भन्ने सहस नै गर्न सकिन ! उनको घरमा हामि, म, शारदा, शारदाको भाई शारदाको दिदि बसेर केहि समय गफ्फ गर्नथाल्यौ ! गफ्फई गफ्फ मा साँझ परेको थाहैभएन, साँझको बेला रोशन घर आयो ! रोशनलाई देखेर म रोशनसंग उसको रूम म गए ! केहि समय यता उता को कुरा गरियो रोशनसंग ! एक्कासी रोशनले सोध्यो? आकाश - तिमीहरुको त काम सकिएछ यहाँ को है? अनि तिमीहरु जनकपुर फर्किंदै छौ भन्दैहुनुहुन्थियो तिम्रो दाईले? साछी कहिले फर्किन लागेको?? त्यो प्रश्न ले म झल्यास्स भए अनि आफुलाई सम्हाल्दै भने - अ यार काम सकियो  अब खै दाई ले त पर्सि तिर जनकपुर फर्किनुपर्छ भनेर भन्दैहोइसिन्थियो तर मलाई थाहा छैन कहिले फर्किने भनेर ! मेरो यो कुरा सुनेर शारदाले मेरो मुख हेर्न थाल्यो ! म केहि बोलिन केवल रोशनले सोधेको प्रश्नको बैचारिक जवाफ मात्रै दिंदै बसे ! अनयासै शारदा उठेर गईन ! ढिला भैसकेको  थियो, झमक्क साँझ परिसकेको थियो ! मपनि बिदावारी भएर डेरा तर्फा लग्न खोजे ! शारदा आफ्नो कोठाबाट निस्किन अनि भोलिको खान उनकै घरमा खाने निम्तो दिईन ! मपनि भोलि आउने वाचा गर्दै हिडे ! त्यो रात एकदमै छटपट्टीएर बित्यो ! बिहान घाम झुल्की सकेको रहेछ, मलाई उठ्ने मनैथिएन तैपनि अल्छी मान्दै उठे ! शारदाको भाई आएको रहेछ पल्लो कोठामा ! मलाई देखेपछी दाई हजुरलाई घरमा बोलाउनु भएकोछ भनेर सुनायो ! मपनि आफ्नो नित्यकर्म सकेर भाईसंगै गए ! शारदा कुरेर बसेकिरहिछिन ! आजबाट उको पढाई शुरु हुनेरहिछ ! तेसैले हत्तार हत्तार चिया बनाएर ल्याईन !


                   चिया र हल्का खाजा खाए ! रोशनको बल्ल ओछ्यानबाट उठेर बाहिर आयो ! मसंगै बसेर चिया पिउंदै केहि भालोकुसरी गर्यौ ! रोशन हामीलाई छाडेर फ्रेश हुन बाथरूम तिर लग्यो ! बिहानीको ९ बाजी सकेको थियो तेसैले शारदा पढ्न जनलाई तैयारी हुन भनेर आफ्नो कोठा मा गईन ! एकैछिनपछी तैयारी भएर अईं अनि मलाई खान खानलाई भान्साकोठामा बोलाईन !समयमै खान खाएर म पनि आफ्नो कोठा तिर लागे ! शारदासंग पछी भेट्न आउछु भनेर वाचा गरेर मा कोठा फर्केको थिए ! कोठा मा एकैछिन मात्रै बसेको के थिए शरदको भाई आयो र शारदादिदिले बोलाउनु भाको छ दिदि बाहिरै हुनुहुन्छ भन्यो ! त्यो सुनेर मा बाहिर निस्के सच्चै  शारदा मेरो कोठा को बाहिर कुरेर बसिरहेकी रहिछिन ! शारदाको नजिकै पुगेर मैले सोधे "स्कुल जान लागेकी?"
अँ !
शारदा "आकाश तिमि सच्चै भोलि घर जाने हो?"
मैले पनि शिर हल्लाएर सहमति जनाउदै भने "हो, म भोलि जनकपुर फर्किंदै छु ! हिजो सबै काम सकियो तेसैले पनि अब हामि फर्किनु पर्छ "
शारदा एकछिन मौन रहिन अनि मौनता तोड्दै सोधिन "हामीलाई त बिर्सन्छौ होला है घर गएपछि ?"
मपनि एकछिन मौन भए ! म भित्र कति धेरै कुरा खेलिरहेका थिए तर ति सबै कुरा म अहिले आएर शारदालाई भन्न सक्दिन थिए तेसैले म मौन भए तर..... एकैछिन को मौनता लाई तोडेर मैले जवाफ दिए "कसरि म बिर्सनसक्छु तिमीलाई, तिमीले यो नौलो शहरमा मलाई दिएको साथलाई, अनि यो तिमि र तिम्रो घरपरिवार ले दिएको आत्मियता लाई त् म मेरो जीवनभर भुल्न सक्दिन "
शारदा "घर गएपछि पत्र लेख्छौ? "
"लेख्छु ! मलाई तिम्रो ठेगाना देउ है ?" मैले भने
उनले उनी संग भएको कापी को पानामा आफ्नो ठेगाना लेखेर च्यातेर मलाई दिइन ! उसले दिएको त्यो पाना लाई मिलाएर मैले आफ्नो खल्तीमा घुसारे !
शारदा "तिम्रो पनि ठेगाना देउ मपनि  तिमीलाई चिट्ठी लेख्छु "
उनको कलम र कपि लिए र तेसै मा मैले आफ्नो ठेगाना लेखेर उनलाई दिदै भने
"शारदा तिमीले त मलाई भुल्दैनौ नि?" मेरो तेती कुराले शारदा को आँखा रसौला मैले सोचेको पनि थिइन तर उनको आँखा रसाएको मैले प्रस्ट देखे ! टाउको हल्लाउन्दै हुन्छा को सम्बोधन गरिन !
"म जान्छु! ढिला भयो " भन्दै जाने अनुमति मागिन शारदाले
मैले पनि हुन्छको सम्बोधन मा टाउको हल्लाए ! शारदा आफ्नो भाईसंगै अगाडी बढीन ! उनीहरु ओझेल नहुन्जेल म तेही उभेर उनीहरु गैरहेको हेर्दै रहे ! त्यो दिन अरु खासै केहि कुरा भएन भेट्न पनि पाइएन पछी शारदा लाई त्यो दिन ! साँझ को समयमा डुल्नभनेर निस्किंदा शारदालाई ज्यलमा देखे ! देखेर उनि मुस्कुराइन मैले पनि मुस्कुराएर जवाफ दिए तर उनि तल ओर्लिनन ! म पनि मुस्कुराउन्दै अघि बढी रहे बजार तिर अघि बढी रहे !


                    खान खाएर म आफ्नो कोठा तिर फर्के ! फर्किंदा उसको घरतिर हेर्दै आए तर कसैलाई देखिन ! रातको ८ बजे तिर शारदाको भाई मेरो कोठामा आयो साथमा शारदा अनि शारदाको दिदीको फोटो लिएर आएको रहिछ ! मैले भाईसंग त्यो फोटो मांगे ! भाइले पनि मलाई सजिलै दियो मानौकि त्यो फोटो मलाईनै दिन भनेर शारदाले पठाको थियो ! त्यो फोटो मलाई दिंदै भाई आफ्नो घरतिर लग्यो र जाँदै जाँदै भोलि घर फर्किने बेलामा हामीलाई भेट्न घर आउनु होला अनि मात्रै जनकपुर फर्किनु होला है भन्दै गयो ! मैले पनि हुन्छ भने, सायद मैले हुन्छ भनेको उसले सुनेन पनि होला उ टाढा  पुगिसकेको थियो !

                       आज म राजविराज छोडदैछु  ! कता कता मेरो मन खिन्न छ ! म उठ्दा ढिला भैसकेको रहेछ ! हत्तार  हत्तार नित्यकर्म सकेर म बाहिर आएर बसे ! मलाई बिस्वाश थियो आज शारदा येही बाटो भएर पढ्न जन्छिन भनेर ! नभन्दै  एकछिन पछी शारदा आफ्नो दिदि संग तेही बाटो भएर आई रहेको मैले देखे ! परे बात भवानी दिदि मलाई देखेर हास्दै आईन ! मैले पनि मुस्कुराएर हेरिरहे ! शारदा अलि खिन्न थिइन् ! नजिक आउदै शरदले सोधिन "कति बजेको गाडी मा जाने हो? "
"१२बजे" मैले जवाफ फर्काए
"लहानमा काम छ तेसैले आज तेही बस्छु ! काम सकाएर भोलि मात्रै जनकपुर जान्छु" मैले फेरी ताप्दै भने
शारदा "जानेबेलामा भेट्न आउछौ?"
मैले शिर हल्लाउंदै हुन्छ भने !
शारदा आफ्नो दिदिसंग अघि लागेर हिडीन म उनीहरु गएको हेरिरहे ! उनीहरु ओझेलभई सकेका थिए तर अझै पनि म त्यो बाटो हेर्दै थिए मानौ कि त्यो बाटोमा मेरो आँखा अड्केको थियो !
एकछिन पछी डेरा भित्र छिरे ! आफ्नो सरसामान मिलाएर घरपट्टिसंग  हिसाब किताब  गरेर भएर खान खाने होटेलमा गए ! झोला तेही राखेर शारदाको घर गए ! उसको आमा र दाई (रोशन) संग बिदावारी भए ! मन छटपट्टि  रहेकोथियो शारदासंग भेट्नलाई  तेसैले शारदासंग  भेट्न भनेर उसको कोलेज तिर लागे ! क्लास सुरु भएको रहेछ तेसैले एकछिन बाहिर नै फिल्ड म बसेर कुरिरहे ! मलाई तेसरी बसेको देखेर पालेदाईले सोध्नु भयो के काम छ भनेर ! अनि शारदासंग भेट्नुछ भने ! क्लास सकिने बितिक्कै पालेदाईले शारदालाई म आएको खबर गरेछ ! म आको थाहापाएर भवानीदिदि पनि शारदासंगै म भाको ठाउमा आउनु भयो ! भवानीदिदिले राम्ररी जानु भनेर भन्नु भयो !
शारदा भावाबिहिल थिईन ! गहभरी आँशु थियो बोल्न सकिन शारदाले केहि ... अनि भाग्दै आफ्नो क्लास तिर गईन ! उ रुदै गएको म हेर्दै थिए ............ सायद त्यो देखेर मै पनि एकछिन मुर्ति सरह भएको थिए केहि बोल्न अनि केहि भन्न न सक्ने अवस्था थियो त्यो बेला मेरो ! मैले महसुस गरे मेरो आँखा पनि रसयेर्को भन भयो ! शारदाको मनमा भएको कुरा मलाई भन्न सकिन ! उनि आफ्नो क्लासमा छिर्नु भन्दा अघि एकपटक फर्केर मलाई हेरिन ! अनि क्लासमा छिरिन ! उनि भित्र छिरेपछि मैले पनि आफुलाई सम्हाले ! अनि फर्केर होटेलमा गए ! मनभरी भएको थियो केहि खाने मन थिएन ! खानेमन पनि होस् कसरि मनले चाहेको मान्छे लाई छाडेर टाढा जानुपर्ने बाध्यतालाई खान नखाई  आत्मसाथ गरेको थिए ! होटेल को पुरानो बिल भुक्तान गरे अनि झोला बोकेर बसपार्कतिर लागे ! गाडी लागेको थियो ! टिकेट काटेर बसमा चढे अनि आफ्नो सिट म थचक्क बसे ! सायद केहि गर्ने मन थिएन सायद म अचल भएर बस्न चाहन्थे ! मलाई थाहा थियो अब म नया कामको लागि नया गन्तब्य तिर लाग्दै छु भनेर !

                  आउनेबेलामा खाली आएको थिए यो ठाउँ तर जाँदै छु शारदाको असिम माया लिएर ! शारदाको घरले दिएको स्नेह लिएर अनि कहिले न बिर्सिने पहिलो प्रेमको भाव लिएर ... मनको कुरा मनमै राखेकोले होला मन भरि थियो ! गाडी द्रुत गतिमा गुडिरहेको थियो राजविराज पछी छुटदैथियो तर शारदाको मायाले यो मन भरि भएको थियो.. शारदाको सम्झना हृदय भरिथियो ..... संगैको झोलाबाट हिजो शारदाले दिएको फोटो झिके अनि शारदालाई फेरी आउने बाचा गरे....................


"आँशु"