Search This Blog

Thursday, February 7, 2013

mYktm को इतिहास

mYktm को इतिहास:
mYktm, सरसर्ती हेर्दा my = मेरो अनि ktm = काठमाडौँ  = mYktm बुझिन्छ! हुन् पनि mYktm सुरु गर्ने साथीहरुको समूह येही काठमाडौँका थिए तेही भएर उनीहरुले आफ्नो समुहको नाम mYktm राखेका हुन्! तर अब mYktm समूह एउटा ब्रान्ड समूह भएको छ अर्थात् mYktm भन्ने बितिक्कै E-Gaming  समूह भनि बुझाउने एउटा brand name  भएको छ ! अहिले यो समुहमा काठमाडौँका मात्रै नभएर सिंगो नेपाल र नेपाल बाहिरका साथीहरु पनि आबद्ध छन् !  बिगतमा यो समुह Relay-chat को रुपमा निक्कै चर्चामा थियो तर पछिलो पटक फेशबूक को आगमन संगै संसार बाटै बिस्थापित हुँदै गरएको Relay-chat को असर यो समुहलाई पनि पर्यो! तेही भएर mYktm भन्ने ब्रान्ड बिस्थापित होला कि भन्ने डर थियो यो समुहको साथीहरुलाई! समुहका साथीहरु पनि E-Gaming को बिकाश संगै भित्रिएका विभिन्न खाले खेलहरु खेल्दै बस्थे! येसरी गेम खेल्दै बसेको देखेर गौलोचन बिक्रम शाहले mYktm को नामलाई जिवितै राख्ने जुक्ति अनुसार cs1.6 को अनलाईन सर्भर येही नेपालमै होस्ट गर्ने विचार गरेको हो र शाहकै सक्रियतामा बिबेक लिगल काठमाडौँ आएको मौका छोपी नेपालकै पहिलो counter strike 1.6 अनलाईन सर्भर चलाई इतिहास रचना सफल भएको छ यो समूह! साथै हराउन लागेको ब्रान्ड फेरी आकाशमा चम्किन थालेको छ!

पहिले पहिले अस्थाई रुपमा सुरु भएको यो सर्भर बिगत १ वर्ष देखि स्थाई रुपमै चलिरहेको छ! साथै counter strike बाट सुरु भएको यो सर्भर अरु पनि online game होस्ट गर्न तर्फ अध्यन गर्दै छ!


सरसर्ती हेर्दा mYktm को इतिहास:
२०००  = अनलाईन रिले चाट सुरु!
२००२ = अनलाईन फोरम सुरु!
२०१० = Counter strike अनलाईन सुरु!

mYktmले चुमेका सफलताहरु:

१) पहिलो स्थान : तेस्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट.
२) देस्रो स्थान : mystiq टोर्नामेन्ट, कालिमाटी
३) तेस्रो स्थान : कुरूक्षेत्र टोर्नामेन्ट.
४) पहिलो, दोस्रो तथा तेस्रो स्थान : पहिलो पोखरा Counter Strike 1.6 टोर्नामेन्ट.
५) पहिलो स्थान : चौथो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट.
६) दोस्रो स्थान पहिलो एमबुश टोर्नामेन्ट.
७) तेस्रो तथा चौथो स्थान mYktm Counter Strike टोर्नामेन्ट v2.0
८) पहिलो तथा दोस्रो स्थान : Battle of the Best टोर्नामेन्ट.
९) बिजेता तथा तेस्रो स्थान : जेड एस्क्वार टोर्नामेन्ट २०१३.


1 comment: