Locus :
२०६८ साल श्रावण महिनाको पहिलो हप्ता देखि पुलचोकमा शुरु भएको LOCUS मेलामा एउटा event को रुपमा रहेको Counter Strike 1.6 को प्रतियोगिता नै mYktm ले प्रतियोगीको रुपमा खेलेको पहिलो प्रतियोगिता हो! एतिहासिक त्यो प्रतियोगितामा mYktmers को रुपमा पहिलो पटक प्रतियोगिता खेल्ने खेलाडीहरु क्रमश: अपु, सन्ता, गोर्खाली, इम्ब्रो तथा अम्बो थिए भने टिमलाई समर्थन गर्न कम्बिज़, बृजेश, गौलोचन लगायतका साथीहरु पुलचोक पुगेका थिए! २ दिन सम्म चलेको त्यो पहिलो प्रतियोगितामै आफ्नो राम्रो खेल प्रदर्शन गर्न सफल भएका थिए mYktm का खेलाडीहरु! प्रतियोगिता पहिलो भएकोले लक्ष्य ठुलो थिएन तर.... पहिलो प्रतियोगितामै २स्रो स्थान पुन सफल भएका थिए mYktmers! त्यो खेलबाट झनै हौसिएका थिए mYktm का खेलाडीहरु!
त्यो प्रतियोगितालाई mYktm र mYktmers ले सम्झनै पर्ने केहि बुंदाहरु:
१) पहिलो प्रतियोगितामै दोस्रो स्थान पाउनु!
२) mYktmer को रुपमा निशान्त श्रेष्ठ (doomey) लाई पाउनु !
३) पहिलो पटक सुसन (nob1) लाई भेटेको र तेही भेट पछि सुसन पनि mYktmer को रुपमा यो समुहमा आबद्ध हुनु!
mYktm tourney v 1.0 :
![]() | |
| First mYktm Tourney |
पहिलो प्रतियोगितामै २स्रो स्थान पाएपछि mYktmer झन् हौसिएका थिए! उनीहरुले बुझे अब online मात्रै प्राक्टिस गरेर हुन्दैन! LAN प्राक्टिस पनि गर्नु पर्छ जसले गर्दा आफ्नो खेल कौसलता तिखार्न सकिन्छ! तेस्पछि mYktmers ले नियमित अभ्यास गर्न थाले LAN को!
नियमति अभ्यासलाई केहि समयको लागि थाती राख्दै mYktm tourney v 1.0 गर्नु पर्ने भयो mYktmers ले र तेही प्रतियोगिता mYktm ले सहभागी जनाएको २स्रो प्रतियोगिता भयो! दोस्रो प्रतियोगितामा म्य़्क्त्म ४थो स्थान मा चित्त बुझौन बाध्य भएको थियो!
३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट:
![]() | |
| 3rd Amol Cyber CS 1.6 Tourney |
२स्रो सहभागितामा सायद अभ्यासको कमीले गर्दा mYktm ले पाउनु पर्ने स्थान पाउन सकेन भन्ने सबैले राम्री बुझेका थिए! अर्थात् एकातिर आफ्नै प्रतियोगिता थियो जसको कारणले गर्दा प्रतियोगितालाई राम्री संचालन गर्नु पर्ने जिम्मेबारी थियो भने अर्को तिर खेललाई निरन्तरता दिन अभ्यास जरुरि थियो! अभ्यास गर्ने हो भने बेबस्थापनमा कम्जोरिहोला भन्ने डरले प्रतियोगितालाई राम्री संचालनगर्नु नै प्राथमिकता हो भन्ने सोच को साथ् सबैले ले प्रतियोगिताको तैयारी तिर ध्यान दिएको थियो तेही भएर ४थो स्थान मा चिता बुझाएको थियो! तर अब आफुलाई अब्बल देखाउने मौका पाएको थियो mYktm ले अर्थात् ३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्टमा सहभागी भै आफुलाई अब्बल देखाउने ध्याउन्न को साथ् अभ्यास मा व्यस्त भएका थिए mYktmers र नतिजा पनि आफ्नै पक्ष मा रहयो! अर्थात् पहिलो पटक पहिलो स्थान पुन सफल भएको थियो mYktmers ३स्रो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट मा!
Mystiq टोर्नामेन्ट, कालिमाटी:
mystiq ले आयोजना गरेको यो प्रतियोगिता केहि कारणले mYktm टिम "A" ले नखेल्ने भनेर बसेको थियो! तर टिम "B" लाई चाही अनुभव बटुल्न भएपनि त्यो प्रतियोगिता मा सहभागी जनाउनु पर्छ भनेर टिम "B" लाई पठाउने निर्णय भएको थियो! खेल सुरु हुने दिन खेल हेर्न भनेर सबैजना तेह पुगेका थिए! आयोजकको अनुरोधमा टिम "A" पनि खेल्ने भयो! २ दिन सम्म चलेको त्यो प्रतियोगितामा टिम "B" ले कुनै स्थान ल्याउन नसके पनि टिम "A" ले चाही २स्रो स्थानमा चित्त बुझाएको थियो!
कुरूक्षेत्र टोर्नामेन्ट:
Mystiq tounrey सकेको केहि समयपछि नै सुरु हुँदै थियो ngamers द्वारा आयोजित प्रथम कुरुक्षेत्र प्रतियोगिता! खुल्ला ठाउमा हुन लागेको त्यो प्रतियोगिताले counter strike 1.6 लाई मात्रै नसमेटी अरुपनि खेललाई समेटेको थियो! जस्तै : fifa तथा dota ! यो प्रतियोगिता बिर्सन लायक रहयो ! टिम "A" ले राम्रो सुरुवात गरे पनि भाग्यले साथ नदिंदा ३स्रो स्थान मै चित्त बुझाउनु पर्यो भने टिम "B" को ले राम्रो सुरुवात गरेको थियो तर कुनै पनि स्थान पाउन सकेन!
प्रथम पोखरा Counter Strike 1.6 टोर्नामेन्ट:
कुरूक्षेत्र टोर्नामेन्ट पछि निराश भएका थिए mYktmers राम्रो खेल खेल्दा पनि राम्रो स्थान पाउन नसक्नु आफैमा पिडा दायक थियो त्यो समय! तेसै समयमा हाम्रा पुराना तर काठमाडौँ भन्दा बाहिर अर्थात् पोखरामा बस्ने mYktmers बिबेक लिगल, कुमार सापकोटा तथा उज्ज्वल अधिकारीले आफ्नो पहलमा तेहाका स्थानीय event आयोजक ११ hours लाई अनुरोध गरेर Counter strike 1.6 को प्रतियोगिता गर्न लगाएका थिए! mYktmers को आफ्नै प्रयाश थियो तेही भएर पनि २ टिम प्रतियोगिता खेल्न भनेर पोखरा गएको थियो! स्थानीय mYktm टिम अनि काठमाडौँ को २ वटा mYktm टिम गरेर जम्मा ३ mYktm टिम तथा अरु ४ वटा चाही तेही को स्थानीय टिम गरि जम्मा ७ टिम सहभागी भएको थियो! त्यो प्रतियोगिता पोखराको लागि प्रथम प्रतियोगिता थियो भने mYktmers को लागि काठमाडौँ बाहिर गएर खेल्न पाएको पहिलो प्रतियोगिता थियो! सन्जोग नै भन्नु पर्छ त्यो प्रतियोगिताकोमा mYktm को टिम "A" प्रथम भयो भने टिम "mYktm|pkr" दोस्रो भएको थियो र तेस्रो भएको थियो mYktm मिक्स टिम!
४थो अमोल साइबर Counter Strike 1.6 टोर्नामेन्ट:
कुरूक्षेत्र टोर्नामेन्ट:
![]() |
| प्रथम कुरुक्षेत्र प्रतियोगिता |

अमोल साइबर ले आयोजना गरेको ४थो प्रतियोगितामा mYktm को ५ वटा टिमले सहभागिता जनाएको थियो! टिम "A", टिम "B", टिम "C", टिम "D" तथा टिम "jr"! mYktm members बढिरहेको थियो तेही भएर पनि टिम पनि बढिरहेको थियो तेसैको नतिजा थियो ४थो अमोल साइबर प्रतियोगितामा mYktm को ५ वटा टिम को सहभागिता! अपेक्षा अनुरुप खेल्न नसक्दा mYktm टिम "A" looser bracket मा झरेको थियो भने मिस्रित खेल खेल्दै बाकि टिम पनि looser bracket मा पुगिसकेको अवस्था थियो! परम्परागत प्रतिद्वन्धि Mystiq संगको एक हार ले mYktm टिम looser bracket मा पुगेको थियो अबको एउटा हारले टिम बाहिरिने अवस्था मा पुगिसकेको थियो! बाकी अरु टिम बाहिरिसकेको थियो! टिम पुरा pressure मा थियो! तर सोचे भन्दा राम्रो खेल कौशलता देखाउदै mYktm टिम "A" league मा भएको हार को बदला लिंदै टिम Mystiq लाई final मा हराउदै उपाधि को रक्षा गर्न सफल भएको थियो!त्यो गेम हेर्न धरान बात mYktm|KD तथा mYktm|masu पनि काठमाडौँ एक थिए भने पोखराबाट आश्चर्यजनक रुपमा उज्ज्वलको आगमन भएको थियो!
प्रथम एमबुश टोर्नामेन्ट:

एमबुस गेम हाउस ले आफ्नो सेवा सुरु गरेको उपलक्ष्य मा Counter Strike 1.6 प्रतियोगिता गराउदै छ भन्ने खबर पाएका mYktm members हसियेर तैयारी गर्न लागे! mYktm टिम"A" मात्र न भै टिम "B" पनि अब धेरै राम्रो भै सकेको थियो र प्रत्यक्ष्य दाबेदारको रुपमा आफ्नो उपस्थिति जनाउदै थियो टिम "B"! तर दुर्भाग्य त्यो प्रतियोगितामा कुनै स्थान पुन सकेन टिम "B" तर टिम "A" Final मा आफ्नो स्थान बनाउन सफल भएको थियो! final मा परम्परागत प्रतिद्वन्धि टिम Mystiq संग हरेको टिम "A" २स्रो स्थान मै चित्त बुझाउन बाध्य भएको थियो!
mYktm Counter Strike टोर्नामेन्ट v2.0 :
एकपटक फेरी आफ्नै समुह मिलेर प्रतियोगिता गराउने बेला भएको थियो! तेही भएर समुहका सबै साथि मिलेर प्रतियोगिता संचालनहेतु जोड-तोड का साथ लागिपरेका थिए! यो प्रतियोगितामा लक्ष्य ठुलै थियो! अर्थात् फाईनलमा mYktm vs mYktm नै होस् भन्ने चाहना थियो! तर प्रतियोगिताको संचालन गर्नु पर्ने चट्टारो, तेसमाथि समयको अभाभ तेही भएर पनि चाहे अनुसार टिम "A" ले खेल्न सकेन! अहिले सम्मकै सबै भन्दा नराम्रो नतिजा बेहोरेको थियो mYktm "A" ले! अर्थात् लिगबाटै बाहिरिएको थियो टिम "A"! उता टिम "B" तथा टिम "TOV" पुरा जोस, जागरको साथ खेल्दै थियो! फाईनलमा mYktm Vs mYktm नै खेल्ने सपना पुरा गर्न लागि परेको थियो! तर सेमी फाईनलमा दुवै टिमको अप्रत्याशित हार ले सपना अधुरो रहयो र यो पालि पनि म्य़्क्त्म आफ्नै प्रतियोगितामा तेस्रो तथा चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो!
Battle of the Best टोर्नामेन्ट:
फाईनलमा mYktm Vs mYktm खेल्ने सपना आफ्नै प्रतियोगितामा अधुरो भएको थियो भने टिम "A" नराम्रो नतिजाले लिग बाट आउट भएको थियो! लिग बाटै आउट भएको पिडा भुल्न भए पनि mYktm टिम "A" ले राम्रो नजिता देखाउनु पर्ने थियो यो प्रतियोगितामा साथै टिम "A" अझै अब्बल टिम हो भन्ने देखाउनु जरुरि भएको थियो! सोचे अनुरुप खेलेर टिम "A" एउटा पनि खेल नगुमाई लिगको सबै भन्दा माथि थियो भने टिम "B" ले खेलेको ४ खेल मध्ये २ मा जित तथा २ मा हार निकालेर देस्रो स्थान मा टिम "TBD" तथा टिम "Mystiq" संग थियो! टिम "A" फाईनल प्रवेश गरिसकेको थियो तर देस्रो स्थान मा रहेको ३ टिम बीच बाट एउटा टिमले मात्रै फाईनलमा स्थान बनाउनु पर्ने थियो! तेही भएर ३ टिम बीच फेरी लिग खेलाइयो! टिम "Mystiq" बिरुद्ध जित निकाल्दै फाईनल खेल्ने आशा जिवितै राखेको थियो mYktm "B" ले! उता टिम "TBD" संग हार बेहोर्दै टिम "Mystiq" फाईनलको रेस बाट आउट भयो! अब mYktm "B" तथा टिम "TBD" बीच को बिजेताले फाईनल खेल्ने निश्चित भयो! "TBD" ले पहिलो राउनडमा राम्रो प्रदर्शन गरेर "B" लाई २-१२ ले पछि परेको थियो! mYktm टिम "B" संग सबैले आशा मरिसकेकोथियो! अब फाईनल TBD Vs mYktm A को हुन्छ भन्ने सबैले सोचेको थियो तर तेस्को उल्टो नतिजा भयो! देस्रो राउनडमा राम्रो खेलको प्रदर्शन गर्दै टिम "B" ले TBD लाई १३-१६ ले पराजित गर्दै mYktm Vs mYktm फाईनल खेल्ने सपना पुरा गरेको थियो! फाईनलमा mYktm "A" ले टिम "B" लाई जितेको त्यो प्रतियोगिता एतिहासिक रहयो mYktm को लागि!

(Y)
ReplyDelete