Search This Blog

Wednesday, December 18, 2024

 तिम्रो हात समाउँदै

तिम्रो हात समाउँदै,
जीवनको यात्रा सुरु गर्न चाहन्छु,
जहाँ हर मोडमा माया झल्कियोस्,
र खुशीका पलहरूले सधैं साथ दिऊन्।


तिम्रो निधार चुम्दै,
त्यो मिठो ममता अनुभूत गराउन चाहन्छु,
जहाँ हरेक चोटबाट राहत मिलोस्,
र तिमीले सुरक्षित संसारको आभास पाओ।


न्यानो अँगालोमा बाँधेर,
म तिमीलाई मेरो हृदयको न्यानोपन दिन चाहन्छु,
जसले तिम्रो सम्पूर्ण दुःख मेटोस्,
र हामी सँगै संसारको हरेक चुनौती जितौं।


तिमीलाई मेरो मनमा बसाउँदै,
म यो संसार भुल्न चाहन्छु,
जहाँ केवल तिमी र म हौं,
र समय पनि हाम्रो प्रेमको अघि झुकेको होस्।


म तिमीमा हराउन चाहन्छु,
जसरी सूर्यको रश्मि आकाशमा विलीन हुन्छ।
मेरो माया तिमीलाई सधैंभरि सम्झाउन चाहन्छु,
जसरी चन्द्रमा र तारा रातभर एक-अर्कालाई अंगालेर बस्छन् 

Sunday, November 24, 2024

 

माया र सपनाहरू

यो अँधेरी रातमा,

यी निद्राहीन आँखा,

तिम्रो यादले भरिएका छन ,

जो सपनाको सुन्दर कथा बनेर आउँछ।


यो सपना भित्र तिमी छौ,

मेरो मनको साँचो कथा।

दूरि भए पनि, नजिक छौ तिमी,

हरेक धडकनले नाम तिम्रै दोहोर्याउँछ।


धेरै माया छ तिमीलाई,

यो मनले लुकाउनै नसक्ने।

हर शब्दमा, हर सासमा,

तिम्रो बास छ, प्रिय।


यो कविता हो तिम्रो लागि,

हो तिम्रै  लागि लेखियेको।

यो निद्राहीन रातमा।


मेरो माया तिमीसम्म पुगोस्।

शुभ्-रात्री । 

Tuesday, April 2, 2024

माया निस्वार्थ

 तिमि छौ र पो यो सांसको महत्व छ

तिमि छौ र पो यो आशको महत्व छ

स्वार्थमा रुमलिरहेको यो संसारमा

केवल तिमि नै त छौ जसको माया निस्वार्थ छ


पराग छर्दै हिड्ने माहुरी झैँ म

अनि फुलको सुवाष छर्दै माहुरी बोलाउने तिमि

तिमि छौ र पो यो पराग को महत्व छ

तिमि छौ र पो सुभाष को महत्व छ

केवल तिमि नै त छौ जसको माया निस्वार्थ छ

केवल तिमि नै त छौ जसको माया निस्वार्थ छ


"आँशु"




-: :- तिमि -: :-

 नभेटे पनि जसलाई 

नदेखे पनि जसलाई 

बित्छ यो दिन यो साँझ

तर नसम्झी जसलाई 

सक्दिन बिताउन यो दिन यो साँझ यो पल

त्यो हौ तिमि !!


रिसाउछु र पनि रिस

भुलाउन  सक्छु

बोल्दिन भन्छु 

र पनि बोल्छु

जसको एक शब्दले

सारा रिस भुलाउन सक्छु 

त्यो हौ तिमि


जसको मुहार मा

खुसि हेर्ने एक्छ्याले

जे पनि गर्न सक्छु 

त्यो हौ तिमि

त्यो हौ तिमि

"आँशु"

Thursday, March 28, 2024

-=प्रतिक्ष्या=-


तिमि आउने खबरले उत्साहित भएर बिछोड पछिको मिलनको आशमा कल्पनाहरु बुन्दै छु मन्यानो अंगालोमा बाधेर स्नेहले निधार चुम्दै अथाह माया तिमीलाई दिने मिठो कल्पनाहरु बुन्दै छु ममिठा मिठा बात मार्दै हृदयभरीको भावनाहरु साट्दै यो सानो मिलनलाई पछि सम्म को मिठो सम्झनामा परिबर्तन गर्ने कल्पनाहरु बुन्दै तिम्रो प्रतिक्ष्या गर्दै छु म हाम्रो पुन:मिलन को प्रतिक्ष्या गर्दैछु म"आँशु"


वास्ता गर्दिन तिम्रो?

 

तिमि भन्छौ वास्ता गर्दिन तिम्रो?

बिहान उठ्ने बितिक्कै जसलाई सम्झिन्छु त्यो हौ तिमि तिमि भन्छौ वास्ता गर्दिन तिम्रो? राति निदाउनु अघि जसको तस्बिरसंग मन मनै बोलिरहंछु त्यो हौ तिमि तिमि भन्छौ वास्ता गर्दिन तिम्रो?प्रकृतिको सुन्दर फुल हौ तिमि मेरो जीवनको खुसि को लहर हौ तिमि जसलाई सम्झेर म हर पिडा भुल्छु जसलाई सम्झेर म मनै बाट रमाउछु र पनि तिमि भन्छौ वास्ता गर्दिन तिम्रो? "आँशु"

Sunday, March 3, 2024

-: जीवन यात्रा :-

 -: जीवन यात्रा :-

उनि टाडिन्दै थिईन

बिस्तारै मेरो हातबाट उनको हात छुटीन्दै थियो

शुभ यात्रा भन्ने साहस म मा थिएन

फेरी भेटौला उनले भन्न सकिनन्

मन मेरो भारी थियो

नयन उनको भिजेका थिए

अनि उनको यात्रा फेरी सुरु भयो

अर्को पटक भेट्ने आशमा


"आँशु"



Friday, March 1, 2024

चांडै भेटौला

 उसले चांडै भेटौला भन्यो,

मैले हुन्छ भने, जुन प्रतिक्रिया उसकोलागि अर्थहीन थियो ! तर मेरो लागि मन बुझाउने आशा !"आँशु"


मन किन दुखाउछौ

 मन किन दुखाउछौ ? 

तिमीले भोगेको पिडा 

अरुले पनि तिमीले झैँ बुझिदियोस भन्ने सोचनु नै तिम्रो गल्ति हो नि !

किन तिमि रिसाउछौ

अरुले के-के भन्ला भन्ने सोचमा आफैले आफैलाई दुखदिनु तिम्रो गल्ति हो नि ! 


"आँशु

Thursday, February 29, 2024

उनि र उनको बार्तालाप

 उनि :- तिमि यो सिगरेट पिउन छोडदेउ ल ?

उनको : यो सिगरेट पिउन छोड्नु र? तिमिलाई थाहा छ? यो मेरो एक्लोपन को साथि हो ! जब जब तिम्रो याद आउछ त्यो यादलाई भुलाउने साहारा हो, जब सोच्छु तिम्रो बारेमा चसक्क चस्किन्छ मन हो त्यो बेलाको औषधि हो ! तिमीले त चटक्कै छोडेर गैदिन्छौ कति धेरै काम हुन्छ तिम्रो ! हो त्योबेला मलाई भुलाउने साथि हो यो सिगरेट र तिमि भन्छौ  छोडिदिनु? माफ गर ल एसको लागि !


उनि :- सिगरेट ले क्यान्सर हुन्छ थाहा छ नि?

उनको :- कमसेकम क्यान्सर हुन्छ भनेर भनेको त छ नि.. कतै लेखेको त छ नि? हो पिडा हुन्छ भनेर थाहा हुँदा हुँदै पनि पिउनुको मज्जा नै बेग्लै छ ! कमसेकम तिमि जस्तो केहि नभनि हराउने त गर्दैन.. चटक्क छोड्ने त गर्दैन !


उनि :- चाडै मर्छौ

उनको :- कहिले नै बाचेको थिए र? सिगरेट त एउटा बहाना मात्रै हो ! मृत्यु त तिमीसंगको सम्बन्धले पल पल मा दिएको छ !

......


सांस

 सपनामा नै सहि ...

आफुले माया गरेको मान्छेको हात छुट्नु भनेको आफु भित्र को सांस छुट्नु जस्तै हुँदो रहेछ !!

"आँशु"

पिडा

 मन चसक्क चस्किन्छ

फेरी सोच्छु.. तिम्रो पिडा सामु मेरो चस्केको मनको पिडा फिक्का होला

अनि मुस्कुराउछु !!

"आँशु"

Wednesday, February 28, 2024

अस्तित्व

 यसै पनि के नै थियो र मेरो अस्तित्व तिमि नहुँदा ? पोखरीको बीचमा ठिंग उभिएको काठको झैँ त थियो मेरो अस्तित्व ! तिमीले आएर छठ पूजामा सिंगारिएको काठ झैँ सिंगारीदिएको त हौ .. सायद छठ सकियो ... फेरी उस्तै जिन्दगि !!!

"आँशु"



सुक्खा सपना

 आँखाका डिलमा सुक्खा सपनाहरु झुन्डिएकाछन्

बुझ्नुपर्नेले नबुझिदिन्दा रसाएका मात्र हुन् !

"आँशु"