उनि :- तिमि यो सिगरेट पिउन छोडदेउ ल ?
उनको : यो सिगरेट पिउन छोड्नु र? तिमिलाई थाहा छ? यो मेरो एक्लोपन को साथि हो ! जब जब तिम्रो याद आउछ त्यो यादलाई भुलाउने साहारा हो, जब सोच्छु तिम्रो बारेमा चसक्क चस्किन्छ मन हो त्यो बेलाको औषधि हो ! तिमीले त चटक्कै छोडेर गैदिन्छौ कति धेरै काम हुन्छ तिम्रो ! हो त्योबेला मलाई भुलाउने साथि हो यो सिगरेट र तिमि भन्छौ छोडिदिनु? माफ गर ल एसको लागि !
उनि :- सिगरेट ले क्यान्सर हुन्छ थाहा छ नि?
उनको :- कमसेकम क्यान्सर हुन्छ भनेर भनेको त छ नि.. कतै लेखेको त छ नि? हो पिडा हुन्छ भनेर थाहा हुँदा हुँदै पनि पिउनुको मज्जा नै बेग्लै छ ! कमसेकम तिमि जस्तो केहि नभनि हराउने त गर्दैन.. चटक्क छोड्ने त गर्दैन !
उनि :- चाडै मर्छौ
उनको :- कहिले नै बाचेको थिए र? सिगरेट त एउटा बहाना मात्रै हो ! मृत्यु त तिमीसंगको सम्बन्धले पल पल मा दिएको छ !
......
No comments:
Post a Comment