Search This Blog

Thursday, July 23, 2015

सपना हजार

सपना हजार भए एक हुन्छ पुरा
आँखा चिम्ली हेर्नु सधै राम्रो राम्रो कुरा

मेरो देश भन्नु माया गर्नु
जन्मदिने आमा सरह यसलाई ठान्नु
जन्मदिने आमा भन्दा ठुलो हुन्छ मातृभूमि
तेसैले सधै तिमि देशको सेवामा समर्पित रहनु

हिंशाको हैन शान्तिको कामना गर्नु
हथियारले हैन कलम ले लड्नु
रगतको खोला नाबगाउनु तिमि
बरु प्रेमले देशको तृष्णा मेट्नु

बुद्धको देश हो हाम्रो नेपाल
शान्तिको संदेश तिमिपनी पनि दिनु
भृकुटीको जन्मभूमि हो नेपाल
प्रेमको सधै उपहार तिमि दिनु

लाखौ तारा आकाशमा भए पनि
हेर्नु सधै तिमि ध्रुब तारा
मन तिम्रो बहकिए पनि
सोच्नु तिमि राम्रो राम्रो कुरा

सपना हजार भए एक  हुन्छ पुरा
आँखा चिम्ली हेर्नु सधै राम्रो राम्रो कुरा

"आँशु"

No comments:

Post a Comment