Search This Blog

Saturday, July 11, 2015

एउटा प्रेम पत्र !

एउटा प्रेम पत्र !


 म प्रेमको सान्घरिक बन्धनमा बाँधिन पुगे! अब केवल आलस्यताको महशुश हुन्छ एकान्तमा केहि खोजेको भान हुन्छ नयनमा, मेरो सोचाईहरुमा केहि नपुग महशुश हुन्छ! अब पलपलको प्रतिक्षामा कसैको आवागमनको आभाष हुन्छ! जमिन छोड्न खोजेका पैतालाहरुलाई सम्झनाको हुरीले लत्याएर पुन: अडिक बनाउन तल्लिन छ! मानसपटलमा थुनिएका विचारहरूमा नयाँ उमंग जागरुक भएको अनुभव हुन्छ! हिउँदको तुषारोमा पनि नयाँ पलुवाको आवागमन भएर कोइलीको मधुर धुनमा मुग्ध भएर सांसारिक झमेलाबाट मुक्त हुन खोजेको हो त? बादलुको घुम्टोमा हराएको चरी गोधुली साँझमा फर्केर आफ्नो वास स्थानमा औनुपानी बचेरहरु प्रतिको प्रेम नै हो त? सायद येही होला प्रेम! सहि अर्थमा प्रेमको स्पष्टिकरण दिन खोजिएको जटिल अन्तर्निहित प्रश्न भित्र लुकेको कौतुहलताको सहि अर्थ नै त हो प्रेम! हृदयको असिम पीडाले मर्माहित भएको बेला कोमल स्पर्शको आनन्दनै त हो प्रेम! एक तमासले टन्टलापुर घाममा हिडिरहेको बटुवाको निम्ति बाटो छेउको कुवा प्रतिको प्रेम, स्थिर पोखरीको निर्मल पानीमा देखिएको स्पस्ट हिमालको दृश्य प्रतिको प्रेम! सहजै व्यक्त गर्न म असमर्थ छु! तर मलाई थाहा छ, म पनि कसैको प्रेमी हुँ! सहि अर्थमा नपुगेपनि निरन्तरता भने जारीनै छ!                      

                    जीवनका ति अतितका पानाहरु च्यातेर म नयाँ जीवनको खोजीमा हिंडे! अब मलाई ति हिजोको अतित सम्झने पटक्कै रहर छैन! ति अनयासै घटेका घटनाहरुको पुन: स्मरण गर्नु म उचित ठान्दिन र ति दिनहरुलाई कल्पेर अब आउने जीवनलाई दु:खको भुमरीम म पर्न चाहन्न! यो मेरो अन्तिम निर्णय हो! सायद तिमीले पनि येही चाहयौ होला मैले सोचे! अब म कहिल्यै नफर्कने गरि हिंडे! त्यो ठाऊँबाट सम्झना स्वरूप कुनै बस्तु पनि छैन म सँग, मैले राख्न नचाहेर पनि हो! येही हो मेरो अन्तिम निर्णय!

                   म चाहन्न ति अतितका दिनहरुलाई सम्झना गर्न, या भनौ म त्यो घाउलाई पुन: कोट्याएर फर्काउन चाहन्न जुन घु समय संगै केहि भरिएकोछ!  म आफुलाई अस्वस्थ्मा राख्न पनि चाहन्न किनकी अब मेरो स्वस्थताको कामना गर्ने कोहि छैन! अब म असफल पनि हुन् चाहन्न किनकी सफलताको शुभकामना गर्ने कोहि छैनन्! म अब एक्लो उराठ लाग्दो बगर भएकोछु! मध्यान्हमा केवल यहाँ सुख्खा धुलोहरु मात्र उड्ने गर्छन्! वर्षा याममा पानिमा बगेर कहाँ कहाँ देखि माछाहरु नयाँ नयाँ ठाऊँहरु घुम्ने सपना बोकेर यहाँ आए तर अब उनीहरुको छटपटाहाटको आभाष मात्र हुन्छा यहाँ! कस्तो भएछ जीवन व्यर्थै प्रेमको सगर म डुबेझैँ आभाष हुन्छ मनमा!

                  चारै तिर सगर भएपनि तिर्खाएको यात्री भएछु म, वालुवै वालुवाको रेगिस्तानमा मिरज्ले उत्पन्न गरेको पानि पछाडी हिड्ने बटुवा भएछु म! सायद येही प्रेमको अन्त्यहुदोहो भने इतिहासका प्रेम कथाहरु काल्पनिक नै हुन् तँ? ताजमहल निर्माण गर्ने "शाहजहा" कथाका पत्र मात्र हुन् तँ? रोमका सैनिक भ्यालीयनटाइन साछी प्रेमकै कारणले मृत्यु अंगाल्न पुगेका हुन् तँ? यदि यी सब सत्य हुन् भने मेरो प्रेम के हो? केवल खेल हो? या कसैको स्वार्थ हो? या मुना मदनको कथा झैँ काल्पनिक कथा हो? जे होस् जीवन मेरो उराठलाग्दो बगर छेउ को माझी सरह भएको सत्य नै हो! यो मेरो जीवन थोपाबाट हराएको पनि भएको सत्य नै हो! तर केहि छैन अझ बाँचन सक्छु! म मा अत्मबिश्वाश जाँगेको छ! सायद मृत्युको कोखमा पुग्दा बाँच्ने चाहना बढे झैँ होला धोखाको यो संसारमा अझ धोखा खान यो मन तल्लिन छ! सायद एक पटक रक्सीको स्वाद चाखेर पुन: फेरी-फेरी रक्सि पिउने बानि बसाल्ने जडयाँहा झैँ भएको छ यो मन! दोखाको मिठो नशाबाट टाढा हुन सकिरहेको छैन! न त तिम्रो याद नै भुल्ने स: प्रयास गरेको छ यो मनले! के गर्ने न त जीवन सोचे झैँ बिताउन सकिन्छ न त मृत्यु चाहेको बेला अंगाल्न सकिन्छ!

                   तिमिसँग टाढा हुने म मा कुनै चाहना थिएन त्यो त केवल बाध्यता थियो! अरु भन्दा पनि तिमि भन्दा टाढा हुन तिम्रो नै कर थियो! तर मेरो आत्मबिश्वाशलाई तिमीले केवल तिमीले तोड्यौ! खैर गुनासो गर्ने मेरो इच्छा हैन केवल स्वार्थलाई तिमि सामु नंग्याउन चाहन्छु! तिम्रो स्वार्थीपना छर्लनग्याउन चाहन्छु! म झैँ अरुपनि तिम्रो स्वर्थिपनको शिकार होस् मँ चाहन्न तर तिमि बाहेक तिम्रो दोष अरुलाई देखाउन चाहन्न!

                   सायद मँ गरिब छु! त्यसैले मँ मा तिम्रा इच्छा र चाहना पुरा गर्ने सामर्थ्य थिएन! तर मैले तिमीलाई जुन चिज दिएको छु सायद अरुबाट तिमीले त्यो कहिल्यै पाऊँन सक्दिनौ! अबश्य यो आँखाले धोखा दिन्छ तर आँखाको "आँशु" पबित्र गंगा झै चोखो र निश्चल छ! सायद यी अमुल्य आँशुलाई तिमीले त्यति बुझ्न सकिनौ! सायद दोष तिम्रो हैन तिमि तँ न्यानो कोखमा जन्मेर मखमली ओछ्यानमा हुर्केकी तिमीले कसरि बुझ्न सक्छौ भुइमा ओछ्याउने गुन्द्रिको मूल्य! आमा बाबाको पुल्पुल्याइमा हुर्केकी तिमीलाई के थाहा आँशुको मोल! मैले तिमीलाई चिन्न नँसक्नु मेरो भुल भयो यसको पश्चाताप मैले गर्ने छैन! किनकी अब फेरी पुरानो घाऊ कोट्याएर आलो बनाई यो मन दुखाएर म बस्न चाहन्न! गल्ति भयो भनि स्विकार्नु मेरो अभिमान हो! किनकि मलाई गर्ब छ! मैले कसैलाई लत्याइन वा भनौ मैले कसैलाई धोखा दिइन!

                      सायद अब म एक्लो जीवनको रथ गुडयाउन  सक्छु, किनकि तिमि जस्ता स्वार्थी पांग्रा बिहिनको रथ गुडयाउन जति सजिलो छ त्यति सजिलो स्वार्थी पांग्राको रथ गुडयाउनु हुदैन!

                       संसार बहुत सानो छ! जब येत्रो संसारमा मानिस हराउदैन भने जाबो यो सानो ठाऊँमा हामि कहिल्ये सम्म टाढा हुन्छौ! एकदिन जब तिमि मेरो सामु हुन्छौ तिम्रो शिर रित्तो हेर्न न परोस! हातमा भरि चुरा र गलामा मंगलसुत्र साजीएको  हेर्न पाउँ येही मेरो तिमीलाई चोखो मनले शुभकामना छ!


"आँशु"

No comments:

Post a Comment